झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !

July 22nd, 2009

 

  • बाबुराम भट्टराई  

     म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्‍यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट पुगियो । यी दुईवटा जिल्लाको भ्रमणबाट के देखा पर्‍यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् । साथै विसौं हजार जनताहरु रोग र महामारीबाट पीडित छन् । जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित र २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ ।

    Read more…

    admin ब्लग

म किन लागें राजनीतिमा ?

July 9th, 2009

डा. बाबुराम भट्टराई

राजनीतिमा मान्छे पढेर वा परेर लाग्ने गर्छन् । म चाहिं आधा पढेर र आधा परेर राजनीतिमा लागेको हुँ ।

गाउँको किसान परिवारमा जन्मेको हुनाले गाउँ वरिपरि जुन खालको शोषण उत्पीडन थियो त्यसलाई अन्त्य गर्नको निम्ति राजनीतिमा लाग्नु पर्छ भन्ने सामान्य चेतना बाल्यकालमै सुषुप्त रुपमा परेको थियो । र, पछि उच्च शिक्षा हासिल गरिसकेपछि आफुले आर्जन गरेको ज्ञानको कारणले पनि राजनीतिमा लाग्नु पर्छ भन्ने मलाई वोध भयो । किनभने राजनीति भनेको समग्र राज्यको अध्ययन गर्ने र त्यसलाई वदल्ने शास्त्र हो ।

Read more…

admin ब्लग

शहीद सप्ताह र आमाको निधनको खवर

December 28th, 2008

-बाबुराम भट्टराई

फागुन १४ देखि २१ गतेसम्म हामी नेपालीक्रान्तिका महान् शहीदहरूको सम्झनामा वर्षेनी शहीद सप्ताह मनाउने गर्दछौं । त्यसैले यो अवधि हामी क्रान्तिकारीहरूका निम्ति वैचारिक मात्र नभएर भावनात्मक महत्वको पनि रहने गर्दछ । जनयुद्धका प्रथम शहीद दिलवहादुर रम्तेल देखि केही महिना मात्र शहीद हुनु भएका किम वहादुर थापा (क. सुनिल) र अहिले दिनहुँ जसो विशेषतः लुम्विनी अञ्चलका भीडन्तहरूमा शहीद हुने योद्धाहरूको स्मृतिमा हामी भावविभोर हुने गर्दछौं । ती शहीदका परिवारहरूको पीडा र त्यो भन्दा पनि वढी वेपत्ता पारिएका परिवारहरू र घाइते तथा अपांग हुनेहरूको पीडा सम्झेर हामी भावनात्मक रुपले तरंगित हुने गर्दछौं । त्यो वृहद स्मृति र भावनात्मक तरंगको सागरमा यस पटक मलाई व्यक्तिगत रुपमा जन्म दिने आमाको निधनको दुःखद समाचारले विशेष तरंगित वनाएको छ । Read more…

admin ब्लग

सम्पादकलाई चिठी

December 28th, 2008

सम्पादकज्यू

दुई अङ्कअघिको नेपाल साप्ताहिक ‘नियुक्तिमा नातागोता’ शीर्षकमा प्रकाशित समाचाले मलाई समेत तानेकोमा आश्चर्य र दुःख लागेको छ । त्यसमा लेखिएको छ-’उनले वावुरामले आफ्नी सानीआमाका छोरा तारानाथ पाण्डेलाई प्रधानमन्त्रीको प्राविधिक सल्लाहकार वनाएका छन् ‘ यो सोह्रै आना झुटो र तथ्यहीन कुरा हो । किनकि मेरी आमा धर्मकुमारीका कुनै दिदीवहिनी नै थिएनन् । वहाँ वावु-आमाकी एकमात्र छोरी हुनुहुन्थ्यो । ‘सानीआमा’ भन्नाले चलनचल्तीको भाषामा ‘आमाकी वहिनी’ भन्ने वुझिन्छ । त्यसैले मेरी हुँदै नभएकी ’सानीआमा’  को आविष्कार किन र कसरी गरियो अचम्म लागेको छ । ’सानीआमा’ को अर्थ अरु कुनै हुने भए जान्न पाऊँ । Read more…

admin चिठी/पत्र