सम्पादकलाई चिठी
December 28th, 2008
सम्पादकज्यू
दुई अङ्कअघिको नेपाल साप्ताहिक ‘नियुक्तिमा नातागोता’ शीर्षकमा प्रकाशित समाचाले मलाई समेत तानेकोमा आश्चर्य र दुःख लागेको छ । त्यसमा लेखिएको छ-’उनले वावुरामले आफ्नी सानीआमाका छोरा तारानाथ पाण्डेलाई प्रधानमन्त्रीको प्राविधिक सल्लाहकार वनाएका छन् ‘ यो सोह्रै आना झुटो र तथ्यहीन कुरा हो । किनकि मेरी आमा धर्मकुमारीका कुनै दिदीवहिनी नै थिएनन् । वहाँ वावु-आमाकी एकमात्र छोरी हुनुहुन्थ्यो । ‘सानीआमा’ भन्नाले चलनचल्तीको भाषामा ‘आमाकी वहिनी’ भन्ने वुझिन्छ । त्यसैले मेरी हुँदै नभएकी ’सानीआमा’ को आविष्कार किन र कसरी गरियो अचम्म लागेको छ । ’सानीआमा’ को अर्थ अरु कुनै हुने भए जान्न पाऊँ । Read more…
Latest Comments