शहीद सप्ताह र आमाको निधनको खवर
-बाबुराम भट्टराई
फागुन १४ देखि २१ गतेसम्म हामी नेपालीक्रान्तिका महान् शहीदहरूको सम्झनामा वर्षेनी शहीद सप्ताह मनाउने गर्दछौं । त्यसैले यो अवधि हामी क्रान्तिकारीहरूका निम्ति वैचारिक मात्र नभएर भावनात्मक महत्वको पनि रहने गर्दछ । जनयुद्धका प्रथम शहीद दिलवहादुर रम्तेल देखि केही महिना मात्र शहीद हुनु भएका किम वहादुर थापा (क. सुनिल) र अहिले दिनहुँ जसो विशेषतः लुम्विनी अञ्चलका भीडन्तहरूमा शहीद हुने योद्धाहरूको स्मृतिमा हामी भावविभोर हुने गर्दछौं । ती शहीदका परिवारहरूको पीडा र त्यो भन्दा पनि वढी वेपत्ता पारिएका परिवारहरू र घाइते तथा अपांग हुनेहरूको पीडा सम्झेर हामी भावनात्मक रुपले तरंगित हुने गर्दछौं । त्यो वृहद स्मृति र भावनात्मक तरंगको सागरमा यस पटक मलाई व्यक्तिगत रुपमा जन्म दिने आमाको निधनको दुःखद समाचारले विशेष तरंगित वनाएको छ ।
गत फागुन १६ गते रातिका अन्तिम पलहरूमा आमा धर्मकुमारी भट्टराईको निधन भएको रहेछ । मैले चाहिं १७ गते दिँउसो १२ वजेतिर मात्रै अध्यक्ष क.प्रचण्डवाट त्यसको जानकारी पाएँ । खवर पहिले पार्टीको च्यानेलवाट नै हेडक्वार्टरमा आएको रहेछ । पछि केही पत्रकार मित्रहरूवाट पनि थाहा लाग्यो । मलाई व्यक्तिगत रुपमा गम्भीर चोट पुग्नु स्वाभाविक हुन्थ्यो नै । किनकि म अझैं वुढो हुन लागे पनि अस्सी वर्षीय आमाले मलाई सधैं वालकै ठान्नुहुन्थ्यो र मेरो वारे साना साना कुरामा असाध्यै चिन्तित हुनुहुन्थ्यो । जहिले पनि ‘वावु , मेरो भन्दा पहिले तिम्रो मृत्युको खवर सुन्नु नपरोस् र तिमीले लिएको वाटो सफल होस् , यत्ति मेरो इच्छा छ’ भन्नुहुन्थ्यो । फेरि मेरो मनोविज्ञान कस्तो अनौठो छ भने केही ठूलो घटना हुनु पूर्व अकस्मात् मन-मस्तिष्कमा त्यसको पूर्वाभाष जस्तो अन्तःप्रज्ञा (haunch) प्राप्त हुने गर्दछ । त्यस दिन विहान पनि आमा भेट भएमा के भन्नुहोलो र के जवाफ दिउँला भन्ने पूर्वकल्पना गर्दै थिए र मनमनै भन्दै थिए-’आमा, अव कमसेकम पाँच वर्ष वाँचिदिनुहोला’ । तर आमा गैसक्नुभएको रहेछ । त्यसैले खवर सुन्ने वित्तिकै वुवाको झन् वढी चिन्ता लाग्यो र अनेक कोशिश गरेर वहाँलाई फोन गरें । आफ्नो मन बाँधेर छहत्तर वर्षीय वुवालाई सान्त्वना दिने मेरो प्रयत्न थियो । तर उल्टो भैदियो । ‘केही मिनेट पहिलेसम्म पनि एउटै अन्तिम इच्छा बाबुरामलाई भेट्न पाइँन भन्दैथिइन्’ भन्ने वुवाको भनाइले म पूरै ध्वस्त भएँ । मेरो वोलिनै वन्द भयो । वल्लतल्ल सम्हाल्ने कोशिश गरें ।
त्यसो त मेरो ज्योतिषले जुराएको न्वारानको नाउँ ‘मुक्ति’ को सट्टा ‘बाबुराम’ राखिनुको पछाडि पनि त्यही आमाको ममता कारण थियो भन्ने मैले सुनेको थिएँ । जे होस् , जीवनभर आमासंग मेरो विशेष सम्वन्ध रह्यो । आमाले अन्तिम घडीसम्म त्यो कायम राख्नुभयो । मैले चाहिं सकें कि सकिनँ भविष्यले मात्र वताउला । त्यसो त हामी क्रान्तिकारीहरूले हजारौं र लाखौं बा-आमाहरूको चिन्ता र चासो लिनुपर्ने हुन्छ, आफ्नै जन्मदाता वावु-आमाहरूको मात्र विशेष चिन्ता लिन हामीले मिल्दैन । तैपनि आफ्नै वुढा बा-आमाहरूले जुन दुःखकष्ट र पीडाको जीवन विताउनु परिरहेछ त्यो अत्यन्तै मार्मिक छ । जीवन विमाको नाउँमा छोराछोरी मात्र भएका तर ती छोराछोरीले पनि बुढेसकालमा हेरचाह नगरेका वा गर्न नसकेका ती वुढा बा-आमाहरूको श्रापले हाम्रो पूरै समाजलाई ध्वस्त पो पार्छ कि भन्ने अनुभूति अक्सर मलाई हुनेगर्छ । जीवनभर छोराछोरीको भविष्य भनेर रगतपसिना वगाउने तर बुढेसकालका तिनै छोराछोरीले उपेक्षा गर्ने र अनि राज्य र समाजले तिनको हेरचाह र सुखसुविस्ताको कुनै व्यवस्था नगर्ने भए पछि ती वुढावुढी कसरी वाँच्ने ? तिनलाई तड्पाई तड्पाई मार्नु हामी सवैको सामुहिक अपराध होइन त ?
मलाई पनि आज आमाको निधनको खवर सुन्दा आत्मग्लानीले अत्यन्त सताइरहेको छ । सामुहिक हितको निम्ति हामी क्रान्तिकारी आन्दोलनमा छौं तर घरघरमा हाम्रै आमावावु तड्पीई तड्पीई मरिरहेछन् । शायद क्रान्ति सम्पन्न भए पछि वृद्धवृद्धाहरूको विशेष व्यवस्था गर्नेछौं भनेर हामीले चित्त वुझाउनुपर्ला । तर मलाई चाहिं वुढेसकालमा आफ्ना वावुआमालाई पटक्कै केही गर्न नसकेकोमा असाध्यै ग्लानी भैरहेछ । आमा विरामी परेर वेलामा हस्पिटल पुर्याउन नसक्दा र हस्पिटलमा उपचार भए पछि पनि पैसा तिर्न नसकेर चिनेका डाक्टर साथीहरूले दया गरेर फिस माफी गरिदिएको सुन्दा मलाई असाध्यै आत्मग्लानी हुन्छ । तर मसंग तत्काल ती डाक्टर साथीहरूलाई हृदयैदेखि कृतज्ञता ज्ञापन गर्नुवाहेक कुनै सहारा नभएको देखेर आफैदेखि दिक्क लाग्छ । जव म आÏनो वालक काल सम्झन्छु, गाउँमा बा-आमाले गरेको दुःख सम्झेर लाजले शीर निहुराउँछु । कहिलेकाहीं हामी त संयोगले मात्र वाँचेर हुर्केका हौं भन्ने लाग्छ । हामी सानो छँदा बा-आमा सधैं खेती-किसानीमा व्यस्त हुनुहुन्थ्यो । चौविसै घण्टा गाउँ र वेसी धाइरहनुहुन्थ्यो । आफैं खेतिपाति गर्ने, गाईभैंसी पाल्ने, वहाँहरूले कहिल्यै आराम गरेको मैले देखिनँ । आफुले त्यत्रो दुःख गरेर हामी छोराछोरीलाई पढाउनुभयो शायद वुढेसकालमा पाल्छन् भनेर । तर हामी हुक्र्यौं, पढ्यौं, आआफ्नो दुनियाँमा लाग्यौं, वहाँहरूवाट भए जति र पाएसम्म सवैं लियौं, तर केही दिएनौं । यो के न्याय भयो ?
आमा शायद केही वर्ष अरू वाँच्नुहुन्थ्यो । तर वहाँ असाध्यै स्वाभिमानी र केही हठी महिला हुनुहुन्थ्यो । वहाँ निरक्षर भए पनि आफ्नै शर्तमा जीवन वाँच्नुहुन्थ्यो । जीवनमा वहाँले निकै ठूला संघर्षहरू गर्नुभएको थियो । वहाँले संघर्ष नगरेको भए हाम्रो घरखेत गाउँका जालीफटाहाले शायद सवै हडप्थे । तर पछि वहाँले संघर्ष गरेर पनि घरमा भनेजस्तो वातावरण वनाउन सक्नु भएन । वहाँले हरेश खानुभयो र छिटो यो संसारवाट विदा लिनुभयो ।
मेरा बा र आमाको सम्वन्धवाट मलाई चाहिं ठूलो पाठ मिलेको छ । वहाँहरूको स्वाभाव ठीक उल्टो तर एक अर्काका पूरक । आमा वहिर्मुखी, लडाकु, विद्रोही तर वुवाचाहिं अन्तरमुखी, शान्त, सलीन । शायद विपरितहरूको एकत्वको सुन्दर नमूना थियो त्यो । ममा कसको गुण वढी छ, त्यो अरूले मूल्यांकन गर्ने कुरा हो । तर म आफुलाई चाहिं आमाको विद्रोह र लडाकु स्वभाव अलि वढी प्राप्त गर्न पाएको भए राम्रो हुन्थ्यो कि भन्ने लाग्छ । शायद त्यो हाम्रो आफ्नो हुने कुरा पनि भएन । तर आमाले अन्त्यसम्म सवैसंग र स्वयं आफैंसंग विद्रोह गरेर मर्नुभयो त्यसवाट मैले केही प्ररणा चाहिं लिनैपर्छ भन्ने लागेको छ । त्यो विद्रोह व्यक्तिगत स्वार्थ निम्ति नभएर सामुहिक स्वार्थनिम्ति होओस् त्यही मात्र थप कामना गर्दछु ।
तनहुँको पुरकोट गाउँमा जन्मेर र गोरखाको वेलवास गाउँमा जीवन यापन गरेर आमा अव सदाको निम्ति जानुभयो । तर वहाँले हामीलाई जुन प्रेरणा, भावना र विचार छोडेर जानुभएको छ त्यसले सवै वुढा वा बा-आमाहरूको उद्धार गर्ने क्रान्ति देशमा ल्याउन सक्यो भने मात्र वहाँको सपना साकार हुनेछ । जन्मदिने आमाको अन्तिम अवस्थामा सेवा गर्न नसके पनि सवै शोषित-पीडित आमाहरू र ती सवैको आमा नेपाल आमाको सेवा गर्न सकूँ । आमाको स्मृतिमा यही अन्तिम कामना र श्रद्धाञ्जली अर्पण गर्दछु ।
२०६२ फागुन १९
(२०६२ फागुन २१ मा नेपाल साप्ताहिकमा प्रकाशित)
एकदम राम्रो लाग्यो डा. भट्टराई, एकदम मिठो भाषा लेख्नु हुदो रहेछ नेपालीमा पनि!
भावनात्मक कुरा हो यो भाषाको विज्ञता भनेको पनि।
तपाईं लाई मेरो एउटा कबिता को एउटा हरफ सुनाउ न मन लाग्यो:
‘आमा नरुनुस् यो कालो रात हो,
भोली बिहान अवश्य उज्यालो हुनेछ…
…रात को आनन्द लुट्दै, यहाँ कैयौ चमेरा हरु उडीरहेछन
नरुनुस् आमा, रात ढल्नै आटेको छ’
डा. भट्टराई, तपाईंको मुल्यङकन गर्छु है? यो पढ्दा तपाईंको यो लेखाइमा, बुवा को गाम्भिर्यता र आमा को ambitious concept आएको देखिन्छ।
I wish all the best in your successful leadership in the future. The only thing that I see lacking in most of the politicians, especially communists is they ‘pretend’ that they are atheists. Maoists have committed major mistakes by burning Sanskrit books, going against religion, when they had no knowledge about all these things. Besides compensating all the mistakes committed by your party carders in the past, Dr. Bhattarai you have much responsibilities on your shoulder to take the country on the progressive path of development.
कामरेड बाबुराम,
लाल सलाम।
मेरो हार्दिक श्रद्दान्जली मुमालाइ।
म ऐले कम्निष्टहरुले कैले गाली दिएर नथाकिने देश अमेरीकामा छु। तपाईंलाइ किन लेख्दैछु भने मनको बोझ हल्का होला कि भनेर। कामरेड प्रचन्ड र तपाई दुबैले पनि यो देशको भ्रमण गर्नु भो नि हगि। कति राम्रो तपाईको मन्तब्य थियो, मैले पनि सुन्ने मौका पाएँ।
यो कम्निष्टले गाली दिएर नथाक्ने देशमा हाम्रा आमा बा को झैं बिजोग यहाँका बुढा बुढीमा पाइएन। कम्निष्टहरुले भन्ने गरेको बृ्द्दबृद्दाको सरकारी हेरचाह हुन्दो रैछ यो देशमा पो। गरीबहरुकोलागि बिषेश सहुलियत यहाँ पो देखियो। अनि त्यो मार्मिक अन्तराष्ट्रिय गानमा भने झैं मानिसहरुको अन्तरराष्ट्रिय जाति त यहाँ पो देखियो। बालबालिकाकोलागि सर्वसुलभ शिक्षा यहाँ पो देखियो। न्याय र कानुनको सही राज यहाँ पो देखियो। श्रमको सम्मान यहाँ पो देखियो। कम्निष्टहरुको भनाइमा पाइने लोकतन्त्र, समाजवाद र साम्यबादमा पाइने सुखसयल त यो पुँजीवादी देशमा पो देखियो।
काम्रेड, एउटा पिडादायक घटनाबाट मेरो ब्लग अन्त गरुँ है। तपाईले जनयुद्द थाल्नु अगाडीको कुरा हो, बाटोमा एउटा भरियाले यो केटालाइ पसिना पुछ्दै भन्यो, ‘यसपाली पनि घाममै भोट दिएको छ, अब त हुन्छ होला नि हैन?’ यो केटोले हुन्न भन्न सकेन, समानता, अबसर, स्वास्थ्य र शिक्षाम पहुँच। यो केटाले भन्न सकेन: यो समानताको नारा धोका हो। एमाले भनेको कम्निष्टको नाममा कलंक हो। यो केटोले माफी माग्न सकेन, त्यो दलित भरियालाइ एमालेको तर्फबाट झूट सपना बाँडेकोमा। तेस्को पीडा निको पार्ने कोशिस गर्यो यो केटाले यो सँबिधान सभाको चुनाबमा एमालेलाइ कदापि भोट नदिनु। भोट हँसिय हथौडामा दिनु। एमाले धोकेबाज रहेछ, भन्दियो। यो केटो प्रष्टै थियो। एमाले एउटा धोकाको पोका हो भनेर। कतिले यो केटाको कुरा सुनें, कतिले सुनेनन्। तर त्यो भरिया बुढोले फेरी हसियाँ हथौडामा भोट दियो।
कामरेड भट्टराइ,
त्यो बुढो दलित भरियाको जिन्दगीमा के परिवर्तन आयो त? वहाँ जीबनका अन्तिम बर्षहरुमा हुनुहुन्छ। बहाँको जीबनमा के परिवर्तन आयो त? सक्नु हुन्छ भने वहाँको जीबनमा फरक पर्ने कुनै काम गरिदिनुस्न। म तपाइँको त्यो गुण कहिले भुल्नेछैन। अनि संभव भए काम्रेड प्रचन्डलाइ पनि यो कुरा भन्दिनू है।
मुके
ओहायो, अमेरीका
Baburam sir, he is very articulate and down to earth person. This article tells exactly how he was emotionally driven by the event.
dhukhako kura.
धेरै पहिले नेपाल साप्ताहिकमा प्रकाशित भएको लेख भये पनि पढ्न पाइएको थिएन, तपाईं को ब्लग मार्फत पढ्न पाइयो। धेरै धेरै धन्यवाद। तपाईंका बर्तमान समय सापेक्ष्य लेख र बिचार हरु पनि ब्लग मा आउन। इस्वी सम्बत २००९ नयाँ बर्षको शुभ कामना।
nepali_hridaya@yahoo.com
आफ्नो क्षमतालाइ अन्य क्षेत्रमा लगानी गर्न छोडेर राजनीतिमा होमिनु भएका क.बाबुराम भट्टराइ नेपालका कम्युनिष्ट नेताहरुले क्रान्ती बिर्सेकाले नेपालमा कम्युनिजम फेल हुने बेला हुन लाग्यो । क्रान्ती नबिसर्न आग्रह गर्दछु ।
First of you congratulation your party success in the achive your goal, finaly your party doing a work that’s work proude all people on your party and with you personally. It’s a delay congralulation because one of the link which meet me to write a comment to your web site thanks.
Thanks for you support on Nepali People
Your One People or Student of The your country
Rajesh Poudel
Kathmandu, Nepal
i think there are no more words to explain about your dedications to your birth giving mother.anyways,you are great baburam i have to learn a lot with your attitude..
महान् शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दछु .
कसो कसो आज तपाईंको ब्लगमा छिर्दा अनौठो आनन्द लागेको छ । तपाईंको यो पोष्टको मूल उध्येश्य सफल होस् । हामीलाई जन्माउने आमाहरु अजम्बरी बनिदिन सक्दैनन् हाम्रो निमित्त हामीले श्रद्धा र प्रेमले अमर बनाउनु पर्छ आमाहरुलाई । आमाहरुकि आमा हामी सबैकि नेपाल आमालाई हँसाउन सक्यौं हामीले भने हामीलाई जन्म दिने आमाहरु गुनासो मान्ने छैनन् अन्तिम घडीमा छोराछोरीहरु वरीपरी छुनुमुनु खेलेको नदेखे पनि ।
बाबुरामजी तपाईंलाई मेरो शुभकामना तपाईंको अठोट सगरमाथा झैं उच्व रहोस् र हामी प्रत्यक्ष परोक्ष सहयोगि बन्न सकुँ भन्ने कामना पनि ।
Hello. I think the article is really interesting. I am even interested in reading more. How soon will you update your blog?
Baburam sir,
i am very happy to get chance to read your feelings towards your mother.
i relaized you a very kindhearted person. you are a person, i believe who can bring change in this country but i think your party should adopt new ‘GANDHIBADHI STYLE REVOLUTION’TO win the heart of all poor and needy people. revolution style like in the people’s war may not suit in the present context of nepal.
all nepali best wihsher’s best of luck is always with u.
I had read this article on the ‘Nepal National Weekly’ about three years ago. No word is with me to write about this context; above comments are enough. But, I want to change the topic. How does Marxism or Dialectic Materialism define ‘Haunch’ that you mentioned above? Sometimes, we realise ‘precognition’ but I could not find any description about this in Marxism. I think that Materialism is not enough to understand ‘Life and Nature’, is it? Please, this context does not carry any political opinion but pure Phylosophical Anxiety, So re-coment over my concern.