झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !
-
बाबुराम भट्टराई
म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा पुग्यौं । यस्तै, रुकुमको अति प्रभावित क्षेत्र गोतामकोट र राडी आठविसकोटमा पनि पुग्यौं । अन्त्यमा रुकुमको सदरमुकाम मुसिकोट पुगियो । यी दुईवटा जिल्लाको भ्रमणबाट के देखा पर्यो भने वाहिर करिव डेढ सय मानिसको मृत्यु भएको भनिएपनि भित्री रुपमा दुई सयको आसपास स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका रहेछन् । साथै विसौं हजार जनताहरु रोग र महामारीबाट पीडित छन् । जाजरकोटका तीसमध्ये सबै गाविस झाडापखालाबाट प्रभावित र २६ वटा गाविसमा मानिसको मृत्यु भएको रहेछ ।
बाहिरी रुपमा हेर्दा झाडापखालाको महामारीले मान्छे मरेको भनिए पनि मुख्य रुपमा त्यहाँको गरीबी, भोकमरी, दुषित पानी र खडेरीको प्रभावबाट अधिकांश मान्छेको ज्यान गएको हामीले थाहा पायौं । मर्नेमध्ये धेरैजसो दलित, विकट वस्तीका जनता र असाध्यै गरीबहरु हुनुले पनि के पुष्टि गर्छ भने रुपमा यो झाडा-पखाला भनिए पनि सारमा यो गरीबीको कारणले सिर्जित भोकमरीनै मृत्युको मुख्य कारण भएको बुझियो ।
यसक्रममा सवभन्दा दुःखद पक्ष के हो भने गणतन्त्र नेपालको स्थापना भैसकेपछि पनि हामीले ठूला विकास निर्माणका कुरा त गर्यौं तर ती विकट गाउँमा वास्तवमै कसैको ध्यान पुगेको छैन । जनता अहिले पनि गरीवी, वेरोजगारी र भोकमरीले मरिरहेको अवस्था छ । प्रत्यक्ष त्यहाँ पुगेर हेर्दा खासगरी मजकोटको पराले गाउँमा जुन खालको कुपोषणबाट मान्छे ग्रसित छन्, दरिद्रता, गरीवीपन आम रुपमा त्यहाँ देखा पर्दछ, त्यहाँ गरीवीको चरम रुप हामीले देख्यौं । त्यसैले हामीहरुलाई यो एक्काइसौं शताव्दीको नेपाल हो भनेर भन्न पनि साह्रै लज्जावोध भयो ।
५० वर्षदेखि विकास निर्माणका कुराहरु गर्ने, शहर-बजारका पाँचतारे होटलमा बसेर गोष्ठीहरु गर्ने र गरीवको नाउँमा खरवौं रुपियाँको ऋण देशलाई बोकाउने काम भएको छ । अहिलेसम्म हाम्रो झण्डै चार खर्वको विदेशी ऋण भैसकेको छ । तर बहुसंख्यक गाउँमा बस्ने जनता भोकले मर्न बाध्य छन् । त्यसले गर्दा हाम्रो राज्यसत्ता कति शोषणमूलक छ भन्ने कुरा प्रत्यक्ष प्रमाणित हुन्छ । त्यसो त हामीले १० वर्ष जनयुद्धको क्रममा यिनै गाउँ-ठाउँका जनताका वीचमा रहेर काम गरेको हुनाले त्यहाँको पछौटेपन, गरीवी, शोषण-उत्पीडनबाट हामी अनभिज्ञ थिएनौं । त्यसैले तिनै गरीव जनताको निम्ति एउटा विद्रोहको अगुवाइ हामीले गरेका थियौं । ती बिपन्न जनताले हामीलाई साथ दिएका थिए । तर अहिले गणतन्त्रको स्थापना भैसकेपछि पनि गाउँमा रहने ती जनताको पक्षमा व्यवहारिक रुपले काम हुन सकेको छैन । अलिकति काम हामीले आठ महिने शासन कालमा गर्न खोज्यौं । गत वर्षको बजेटमा अलि गाउँ केन्दि्रत जनमुखी बजेट जुन बनाउने प्रयास गर्यौं, त्यसलाई समेत उल्टाएर अहिले फेरि उनै टाठा-बाठा, उही एन्जी.ओ./आई.एन्.जी.ओ मार्फत् काम गराउने परिपाटि बसालिएको छ र अग्रगमनको प्रक्रियालाई रोकेर पश्चगमनतिर फर्काउने कोशिस गरिएको छ । त्यसले बहुसंख्यक गाउँमा बस्ने गरीव, दलित, जनजाति जनताको मुक्ति हुने हामीले कहीं कतै देख्दैनौं ।
रुकुम-जाजरकोटको हाम्रो भ्रमणपछि नेपालमा क्रान्ति अझै पूरा नभएको हामीले गम्भीर रुपमा महशुस गर्यौं । ती बहुसंख्यक उत्पीडित जनताले अहिले फेरि नयाँ ढंगले आÏनो विद्रोहलाई जारी नराख्ने हो भने राज्यसत्ता फेरि पुरानै युगतिर र्फकने गम्भिर खतरा हामीले देख्यौं । खाशगरी केही समय देखि देशमा गम्भीर खालको सैनिक सर्वोच्चता कायम भइराखेको छ । देशी र विदेशी प्रतिगमनकारी शक्तिहरुद्वारा उही हिजोका दरबारपरस्त तत्वहरु, राजाको माघ १९ पछिको कालमा मन्त्री भएका मान्छेहरु र चुनाव हारेका मान्छेहरुको गठवन्धन र कठपुतली सरकारको निर्माण गरिएको छ । त्यसले चाहिं भोकानांगा जनताको साँच्चै नै उपहास भएको छ भन्ने मलाई वोध भएको छ ।
यो भ्रमणपछि फेरि क्रान्तिकारी आन्दोलनलाई एउटा नयाँ ढंगले अगाडि बढाउनुपर्छ भन्ने लागेको छ । देशका बहुसंख्यक जनताको साँच्चै मुक्ति हामीले चाहने हो भने अहिलेको जुन अधुरो क्रान्ति र परिवर्तन छ यसलाई पूर्णतातिर लानै पर्दछ । ती जनतालाई सम्झेर फेरि एउटा त्याग र वलिदानीपूर्ण तरिकाले परिवर्तनलाई पूर्णतामा लैजाने ढंगले काम गरेनौं भने देशमा प्रतिगमन हावी हुनेछ । जुन दिशामा अहिले देश गैराखेको छ, त्यसले बहुसंख्यक जनताको हित गर्दैन भन्ने कुराको पूरा दृढ विश्वास वोकेर हामी फर्किएका छौं ।
अहिले तत्कालै ती भोकमरी र झाडापखलाको महामारीबाट पीडित जनताको राहतको निम्ति सरकारले केही गर्नु पर्दछ । त्यसमा हामीले आवाज त उठाउँला । तर त्यतिले मात्र पुग्छ भन्ने हामीलाई लाग्दैन । किनभने यो सरकार कति असंवेदनशील मात्र होइन कि कति पाषाणहृदयी छ भने शहर-बजारका मान्छे सामान्य दुर्घटनामा परेर मर्यो भने सडक अवरुद्ध गरेर १० लाखको क्षतिपूर्ति राहत लिने गर्दछन् । तर कठपुतली सरकारका प्रधानमन्त्रीले ती ठाउँहरुमा गएर प्रत्येक मृतक परिवारलाई १० हजार राहत दिने जुन हास्यास्पद घोषणा गरेर आए त्यसले गरीव जनताको घोर अपमान भएको वोध हामीलाई भएको छ । सामान्य दुर्घटनामा मर्नेले १० लाख पाउने तर सरकारको लापरवाही र गलत नीतिको कारणले ज्यान गुमाएका गरीव जनताको निम्ति १० हजार रुपियाँ राहत दिने कुरो सरासर अमानवीय र अन्यायपूर्ण हो । यस्ता खालका असंवेदनशील मानिसहरुबाट यी बहुसंख्यक गरीव जनताको हित हुन्छ भन्ने मलाई पटक्कै लागिराखेको छैन । त्यसैले यो भ्रमण पश्चात् नेपालमा फेरि आमूल परिवर्तनको ऐजेण्डालाई नयाँ ढंगले उठाउन जरुरी छ भन्ने मलाई वोध भएको छ ।
हाम्रा गरीब नेपाली जनता यति महान् छन्, यति धैर्यशील छन्, अहिले पनि त्यति दुःख-कष्ट सहेर बस्दाबस्दै पनि उनीहरु आशावान छन् । अहिले पनि केही हुन्छ भन्ने उनीहरुको धैर्यता देख्दा मलाई एकापट्टि उनीहरुप्रति असाध्यै सम्मानको भाव जाग्छ भने अर्कोपट्टि ती सोझा निमुखा जनताको जुन एउटा विश्वास र सम्मान छ त्यसलाई धोका दिएर शासनसत्ता चलाउनेहरुप्रति घृणा जागेर आएको छ । उनीहरुले धेरै पनि होइन सामान्य दुई छाक पेटभरि खाना मात्र पाउँदा, शुद्ध पानी मात्रै पीउन पाउँदा, विरामी भएको वेला न्यूनतम औषधी पाउँदा मात्रै पनि उनीहरुलाई चित्त बुझ्छ । तर त्यति पनि हामीले गर्न सकिराखेका छैनौं ।
हामीले देख्यौं त्यहाँका स्वास्थ्य चौकीको यस्तो वेहाल अवस्था छ, छानो पनि छैन, वर्षामास खुला चौरमा चिसो भुईमा सुताएर सलाइन चढाई राखेको छ, कतिपय ठाउँमा सलाइन पानीसम्म पुग्या छैन ।
हामीले जाजरकोटका सीडिओसंग कुरा गर्ने सन्दर्भमा बुझ्यौं- सेनाले ढुवानीको जिम्मा लिएको रहेछ भने वितरणको जिम्मा सीडिओ कार्यालयको रहेछ । उनीहरुवीचको आपसमा कुनै समन्वय नै छैन । औषधी लिएर चौरजहारीमा फ्याकीदिएको छ तर पीडित जनता अर्कोपट्ट छन् । यसरी सामान्य सरकारका आ-आÏना संयन्त्रमा पनि कुनै समन्वय नभएको त्यहाँ देखियो ।
भोकमरीको हलको निम्ति जाजरकोटका सीडिओसंग हामीले कुरा गर्यौं, उनी भन्छन्- ”हामीसंग छत्तिस सय क्विन्टल चामल अहिले पनि विद्यमान छ ।” जनता भोकमरीले मरिरहेका छन्, चामल तुरुन्त वितरण गर्नु पर्यो भनेर हामीले अनुरोध गर्दा उनी भन्छन- ”प्रक्रिया मिलाएर जानुपर्छ, बैठक बोलाउनुपर्छ, सहमति बनाउनु पर्छ, सहमति भएपश्चात युजर कमिटि बनाएर पठाउनु पर्दछ, फेरि त्यहाँ युजर कमिटि बनाएर पठायो त्यो युजर कमिटिले बीचैमा चामल बेचेर नक्कली बील पेश गर्छन् ।” त्यसकारण मूल समस्या हामीसंग साधन-स्रोत नभएर होइन कि सरकारको पुरानो सामन्ती राज्यप्रणाली र नालायकीपनको हो ।
विकट गाउँका जनतालाई आÏनो खेती-उव्जनीले तीन महिना सम्मपनि राम्रो संग खान पुग्दैन, नौ महिना उनीहरु वेरोजगार रहन्छन् । उनीहरुलाई रोजगारीको व्यवस्था गर्नु सरकारको दायित्व हो । त्यसपछि मात्र उनीहरु खाद्यान्न किन्न सक्छन् । यस्तो अवस्थामा उनीहरुसंग किन्नको निम्ति पैसा पनि छैन । त्यसकारण सरकारले राहतस्वरुप आवश्यक खाद्यान्न तत्काल उपलव्ध गराउनु पर्दछ । एउटा सभ्य आधुनिक सरकारले जनताका निम्ति त्यति काम तुरुन्तै गर्न सक्नुपर्दछ । तर प्रक्रियागत कुरा भनेर जुन आल-टाल गरेको अनुभुति गर्यौं त्यसले पनि नेपाली राज्यसत्ता कति जर्जर छ, कति जनविरोधी र असंवेदनशील छ भन्ने कुराको पुष्टी गर्दछ ।
त्यसैले त आमरुपमा दश वर्षे जनयुद्धका क्रममा देखेको र म आफै पनि गाउँमा जन्मेको हुनाले गरीब जनताका ती पीडाहरु शुरुदेखि मलाई वोध नभएको होइन । दश वर्षे महान् जनयुद्धमा गाउँका गरीब जनताले हामीलाई जुन ढंगले साथ दिए, वलिदानी गरे, अब त्यसपछि पनि ती जनताको जीवन स्तरमा कुनै परिवर्तन नआउनु साँच्चै एउटा पीडा महशुस हुने गर्छ मलाई । अब अधूरो क्रान्ति र परिवर्तनलाई पूरा गर्नको निम्ति फेरि नयाँ ढंगले क्रान्तिलाई निरन्तरता दिनुपर्दछ भन्ने थप वोध मलाई भएको छ ।
आÏनै आखाँको अगाडि मैले देखेको ती गरिव-दुःखी निमुखा जनताका पीडादायी क्षण अहिले पनि मेरो मष्तिष्कमा वरिपरि झलझली घुमिराखेको छ । ती जनताको मुक्तिको निम्ति केही गर्नैपर्छ । ती गरीब जनतालाई हामीले न्याय दिन सकेनौं भने हामीले शुरु गरेको यो अभियान र यत्रो ठूलो वलिदानको कुनै सार्थकता रहँदैन । त्यसैले पनि म सम्पूर्ण नेपाली दाजु-भाई, दिदी-वहिनीहरु र विशेष गरी युर्वावर्गलाई फेरि एक चोटि मुटुमा हात राखेर गम्भिरतापूर्वक सोच्न र ती जाजरकोट-रुकुम लगायतका विकट जनताका समस्यालाई केन्द्रमा राखेर चिन्तन गर्न म हार्दिक आग्रह गर्दछु ।
२०६६ साउन ६ गते नेता भट्टराई, सभासद्हरु जनार्दन शर्मा (प्रभाकार), लोकेन्द्र विष्ट, भक्तवहादुर शाह र कालीवहादुर मल्लसंगै झाडा पखालाग्रस्त क्षेत्रमा पुग्नुभएको थियो ।
प्रस्तुतिः विश्वदीप पाण्डे
Dear Baburamji,
Thank you very much for your heart-touching article. It’s so great that you have travelled Nepali hinterlands and shared the pain, suffering and silent tragedies occuring in Nepali remote villages. It’s a sign of a people’s leader.
However, at the same time you’ve also realised that your 10 years old war hasn’t brought up any panecea for those historically oppressed and marginalized people. Still I salute your neutral way of writing, (which is rare but very appreciable) and keep doing that.
Pointing at only one party or goverment is just a disgusting excuse, which you haven’t done here, fortunately. The whole system, the whole bureaucratic mechanism is not working properly and even your party cadres are not working for the people. Let’s accept it, don’t wait, but initiate somethinng for the abject poor of Nepal.
बाबुराम सर, नमस्ते ।
विषय अत्यन्तै गम्भीर, विवेचना अत्यन्तै सान्दर्भिक र निष्पक्ष । यो साहस तपाइंमा छ त्यस्को लागि पटक पटक धन्यवाद दिइरहेकै हुन्छु ।
सही हो, यो खालको राज्यसत्ता, यो शासकीय स्वरूप, यी राजनीतिको दुनो सोझ्याउने र तलबको लागि सरकारको काम गरिदिनेहरूबाट जनताको भलो हुँदैन । विष्लेशण अत्यन्तै सजीव छ ।
तर, केही मननिय विषय छुटेका छन् जस्तो लाग्यो ।
जस्तै, एकपटक यो सोचौं त, गरीबी र अशिक्षाको पराकाष्ठामा बाँचिरहेका जाजरकोट र त्यस्तै ठाउँका मान्छेहरूले माओवाद र मार्क्सवादका दर्शनहरूलाइ कसरी र कति बुझ्दाहुन् । तपाइंहरूले वर्षौंदेखि गरिरहेको यो विचारको आन्दोलनलाइ कतिले राम्ररी बुझेका होलान् ? यस्तो परिस्थितिमा भोका, नाङ्गा, गरिब, अशिक्षित जनतालाइ दर्शनको शिक्षा मात्र दिनुभन्दा सँगसँगै यथासक्य भौतिक सहयोग पनि गर्नु आवश्यक छैन त ?
अहिले गाउँमा सबै पार्टी भन्दा बढी कार्यकर्ता तपाइंको पार्टीका छन् र तपाइँकै पार्टीका सभासद अधिकतम तल्लो आर्थिक हैसियतबाट आएका छन् । जाजरकोटमा हैजा चल्दा १००० चन्दा दिने तपाइँका सभासद्हरूले मासिक ४५ हजारभन्दा बढी बुझ्छन्, त्यो पैसा कहाँकहाँ बुझाउँछन् भन्ने जनतालाइ थाहा छैन ।
कमसेकम अहिलेको लागि के हुनुपर्छ भने, अधिकांश सभासद् समूहमा बसेर धेरैभन्दा धेरै पैसा जोगाएर सामूहिक रूपमा गाउँको निर्माणकार्यमा त्यो पैसा खर्च गरिनु पर्छ । प्राकृतिक प्रकोप परेको बेलामा धेरै कार्यकर्ता गाउँ पुगेर प्रत्यक्ष सहयोगमा सहभागी हुनु पर्छ, अनि मात्र पुरानो सत्तालाइ दोष दिएको सही ठहरिन्छ । काठमाडौं बसेर विज्ञप्ति निकाल्दैमा वा एकपटक दौडाहामा गएर रिपोर्ट गर्दैमा जनतालाइ साँचो मानेमा राहत हुँदैन ।
तपाइंजस्तो आदर्श व्यक्तिबाट म के आशा गर्दछु भने, तपाइँको अगुवाइमा माओवादीले प्रशस्तै भौतिक सहयोग, विपत्तिमा सहयोगको काम प्रत्यक्ष गरोस् । हरेक विपत्ति पर्नासाथ माओवादीका नेता र कार्यकर्ता सबैभन्दा अघि बढेर तन, मन र धनले सहयोग गरून् । त्यो गरेमा जनता आफैं लोभिनेछन् । अधिकांश नेपाली जनता दर्शन बुझ्दैनन् । अझ भन्दा, सबै दर्शन राम्रा छन् तर कसैले पनि काम राम्रो नगरेको कारण दर्शनलाइ नेपालीले पत्याउन छाडिसके । अब पत्याउने भनेको प्रत्यक्ष काम गरेर देखाउनेलाइ मात्र हो । यो तपाइंहरूले अवश्य बुझेको हुनुपर्छ ।
यसैबीच, एउटा पत्रिकामा जनसेना र सरकारी सेनाले एकैथलोमा बिरामीलाइ उपचार गरेको फोटो देख्दा मन अत्यन्तै हर्षित भएको छ ।
समस्त माओवादीबाट धेरै आशा गर्न नसकेपनि म तपाइँजस्ता केही नेताहरूबाट निक्कै नै आशान्वित छु, यो देशको मुहार चम्काउने श्रेय इतिहासले तपाइँलाइ देओस् भन्ने लागेको छ । आशा छ, आउँदा दिनमा त्यस्ता केही उदाहरण देख्न, सुन्न, पढ्न पाउनेछु ।
धन्यवाद ।
सागर मणि दाहाल
हालः लोकन्थली, भक्तपुर
पि्रय दाहालजी,
तपाईंको सुझाव अत्यन्तै सारगर्भित र मननीय छ । धेरै धेरै धन्यवाद !
-बाबुराम भट्टराई
Thoughts projected by Mr. Dahal is very, very genuine. If the party likes to win over in general election, these things would count more than anything else.
Kedar Ghimire,
Madrid, Spain
Dear Baburam,
First of all thank you so much for you have been hinterlands area. It is sad to read your article. It touch my heart. People are dying from poverty and suffering from many reasons. It is fact that there is no attention of governmengt and this government will not do anything. At this time maoist should help them. They are poor and innocent, maoist should send special program for help. This old system govern will not open the door of our future. It will morgage our children’ life. God blees Nepal, God bless nepalese people
खै बाबुराम सर अरुलाइ दोष दिने समय समस्यालाइ निराकरण कसरि गर्ने भन्नेमा सोचबिचार गरे अगाडिको फड्को मार्न सजिलो हुन्थ्यो कि अलि अगाडि पुगिन्थ्यो कि?
Dear Baburam Bhattarai jyu,
Your article is really touching. In fact, I am a regular reader of your articles and I am always influenced by them.
The situation of our country is worsening day by day and in such tough time if we have any trustworthy leader, that is only you. This may sound like an exaggeration but this is the strong belief of Nepalese people on you. Though there is still a long way to go, you have proved your vision and integrity in different roles.
I always wish for your success that will contribute in constructing “New Nepal” in the real sense so that such heart-breaking problems as you mentioned above would not recur. Please never forget that thousands of people are behind you, who may have different political ideologies but similar vision and commitment for doing something honestly for the betterment of the society, and you are expected to be the leader of these people too.
Yours sincerely,
Dhruba Panthi
Now:
Research Student
The University of Tokyo, Japan
Hi sir Namaskar, Maile tapiko lekh padhe ra dhukha pani lagyo, tara tapai haru sarkarma jada pani ta khasai kehi garnu bayena. Hami janata le tapai haru bata dherai aasha gareka thiyau. Tara tes anurup kam haru bayenan. Ajhai pani hami ma tapai haru parti aasha cha kin ki nepal ma rahe ka aru rajnaitik dal lai manish le bishwash garn chadhisake . Tesaile tapai harule sarkar bahira bayera pani ramro kam garnu paryo.
यो सरकारै लङगडो बहिरो र अन्धोँ छ । यसले जनहितमा काम गर्ला भन्नू र यसको आलोचनामा समय खेर फाल्नूभन्दापनि अब जनबिदा्रेह को आधीँ ल्याएर यि सब्ौ कहिल्यै उठ्न नसक्कनेगरी पाखा लाउनूपर्छ र जनमूखि सबिधान सगै गरिबको राज्यसत्ता खडा गर्नूपर्छ । यो सरकारले तपाईले जम्म्ाा पारेको ढूकूटीपनी रीत्याउन लागीसक्यो अबपनी चूप लागेर बस्ने हो भने त सखापै पार्छ । तर यो मन छूने लेख पढ्दा मलाईपनी देशप्रति ठूलो कर्तब्यबोध भएको छ ।
धन्यवाद बाबुरामजी, कबिजी को लेखले साह्रै नै ह्रिदय क्षोयो , कबी जि ले भनेको कुरामा म सहमत छु। वास्तवमा हाम्रो पार्टीलाई यि पुराना सोच भयेका, राजनीति र जनताबाट हारेका पक्षौते पार्टीले नै हो अगाडि बड्न नदिएको, अगी बड्ने कोशीस गर्दा पछीबाट खुट्टा तान्नेहरुलाई गतिलो पाथ सिकाउने छ भन्ने आश गर्छु। नेपाल र नेपाली जनताको सदैब् कल्यान हुने काम गर्नुहोला भन्ने सुजाब दिन चाहन्छु।
बाबुराम जी तपाईले आफ्नो जनसेनालाई झाडापखालाग्रस्ता क्षेत्रमा परिचालन गर्न सक्नु भयो भने तपाईहरुको नाराले सार्थकता पाऊथ्यो की? तपाईले जाजरकोट भ्रमण गर्दा केही जिवंजल लगेर बितरण गर्न सक्नु हुन्थ्यो किनकी तपाई पनि गरीब नेपालीहरुको करबाट नै पलिनुभएको छ जो आज मृत्युलाई कुरीरहेका छन !! ध्यान पुर्याउनु होला जनता घटे भने तापैको पनि तलब घटला अनि भोट पनि!! कृपया तपाईले पनि जुन जोगी आए पनि कानै चिरिएको भन्ने उखानलाई सार्थकता नदिनु होला!! तपाई पनि पूर्ब मंत्री हुनुहुन्छ !!
The article gives us great knowledge of Jajarkot. I think this is just a small part of story. Many more story will be in the pipe line so all the nepalese should aware about the incident in the Jajarkot. This story might be in our scene.
Thanks Dr. sir
Thanks mr. Bhattarai at least you have formed team of your leaders to assist the needful people…
all the best
@deepak123