प्रेस नोट
सम्माननीय राष्ट्रपति ज्यूसंगको भेट पश्चात प्रधानमन्त्रीज्यूले संचारकर्मीहरुलाई दिनुभएको प्रतिक्रिया जस्ताको तस्तै: सम्माननीय राष्ट्रपतिज्यूसँग मेरो छलफल भयो । आगामी जेष्ठको मध्यसम्ममा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्नु पर्दछ ।
प्रेस नोट: २०६९ बुधवार २५
दैलेख घटनाको विषयलाई लिएर प्रधानमन्त्री सँग जोडेर आएका समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । वुधबारका संञ्चारमाध्यममा ‘प्रधानमन्त्रीको आदेशमा अभियुक्तको वयान रोकियो’, ‘अधिकारवादीले उक्साए’ आसयका समाचार निराधार भएको प्रष्ट पार्न चाहन्छु ।
महिला हिंसाका घटना प्रति प्रधानमन्त्री स्तव्ध
दोषि माथि कडा कारवाहि चलाउन निर्देशन १४ पुस, काठमाण्डौ । पछिल्लो क्रममा देशका विभिन्न स्थानमा महिला हिंसाका घटनामा बृद्धि भएकोमा प्रधानमन्त्री डा. बावुराम भट्टराईले आफु स्तव्ध भएको बताउनु भएको छ ।
२०६९ मंसिर १० गते मन्त्रिपरिषद्ले गरेको निर्णय
राष्ट्रपतिको कार्यालयको प.सं. स.०६९÷७०, च.नं.३७, मिति २०६९।०८।०८ को पत्रबाट “सम्माननीय राष्ट्रपति डा.रामवरण यादवले संवत् २०६५ साल जेठ १५ गतेदेखि प्रारम्भ भएको संविधानसभाको कार्यकाल २०६९ जेठ १४ गतेपश्चात समाप्त भई व्यवस्थापिका–संसद समेत नरहेको अवस्थामा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्यसञ्चालन गरिरहने व्यहोरा समेत मिति २०६९।
राष्ट्रपतिको कदमः गैरसंवैधानिक गैरराजनीतिक– कानुनविद
काठमाण्ठौ, ९ मंसिर । वरिष्ठ कानुनविदहरुले राष्ट्रपति डा. रामवरण यादवको शुक्रबारको कदम गैरसंवैधानिक र गैरराजनीतिक भएको बताएका छन् । शनिवार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको अनौपचारिक छलफलमा कानुनविदहरुले राष्ट्रपतिलाई शुक्रबारको वक्तव्य जारी गर्ने कुनै संवैधानिक आधिकार नभएको बताएका छन् ।
नेपाल पब्लिक क्याम्पस संघको नवौं राष्ट्रिय महाधिवेशनका अवसरमा सम्माननीय प्रधानमन्त्रि डा. बावुराम भट्टराईज्यूको सम्बोधन
सभाका अध्यक्ष, देशभरीबाट आउनुभएका सहभागीहरू, समुदायबाट सञ्चालित देशभरका पब्लिक क्याम्पसहरूको नवौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्न पाउँदा मलाइ अत्यन्त खुशी लागेको छ । यस अवसरमा यस महाधिवेशनमा सहभागि क्याम्पस सञ्चालन समितिका अध्यक्ष, क्याम्पस प्रमुख, प्राध्यापक प्रतिनिधि, केन्द्रीय कार्यसमितिका पदाधिकारी–सदस्यहरूमा हार्दिक बधाइ दिन चाहन्छु ।
कानुन हातमा लिन खोज्नेलाई कडा कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन
११ असोज, काठमाडौ । कुनै पनि छिमेकीसँग सम्वन्ध विगार्ने गरी राज्यको नियम, कानुन कसैले हातमा लिन खोज्छ भने उसलाई कडा कार्वाही गर्न र शान्ति–सुरक्षा कायम गर्न प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
नेपालमा लगानी बढाउन अमेरिका इच्छुक
काठमाण्डौ २६ भदौ । अमेरिकी दक्षिण तथा मध्य एसियाली मामिला सहायक मन्त्री रवर्ट ओ व्लेकले प्रधानमन्त्री डा. बावुराम भट्टराईसँग मंगलबार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री डा. भट्टराईले माओवादीलाई अमेरिकाले आतंकाकारी सूचिवाट हटाएकोमा धन्यवाद व्यक्त गर्दै यसले शान्ति र संविधान निर्माण प्रक्रियालाई सहयोग मिल्ने बताउनु भयो ।
समाचार
अरुको आँखामा
अन्तवार्ता