लैगिक हिंसा निवारणः सञ्चार माध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्त गर्नु भएको मन्तब्य ।

कार्यक्रमका अध्यक्ष,
माननीय मन्त्रीज्यू,
माननीय सभासद्हरु
राष्ट्रिय महिला आयोगका अध्यक्ष
पत्रकार साथिहरु तथा उपस्थित दिदिबहिनी, दाजुभाईहरु
महिला माथि श्रृंखलाबद्ध रुपमा भइ रहेका हिंसाजन्य अपराधिक घटनाहरु कै पृष्ठभूमीमा आजको यो कार्यक्रम आयोजना गर्न सहमति जनाएर संचारिका समूहले सराहनिय कार्य गरेकोछ । यस कार्यमा राष्ट्रिय महिला आयोगबाट भएको सहकार्यको लागि पनि म हार्दिक धन्यावाद दिन चाहान्छु । यो कार्यक्रम महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव र हिंसाको अन्त्यको लागि हामी सवैको प्रतिवद्धताको प्रतिक हुनेछ भन्ने मैले ठानेकोछु ।

पितृसतात्मक सामाजिक सोचको रुपमा विकसित हुँदै महिला माथि पद्दतिगत रुपमा विभिन्न किसिमले हिंसा र भेदभावका घटना हुँदै आएको हामी सवैमा विदितै छ । लैंङ्गिक हिंसा खासगरी महिलामाथि हुने हिंसाले हाम्रो समाजलाई जरजर तुल्याएको छ । गरिवी, अशिक्षा र पुरातनवादी सामन्ती सोचका कारणबाट महिलामाथि हुने हिंसाले बढावा पाएको देखिन्छ । महिलामाथि हुने हिंसाको शुरुवात गर्भावस्था देखि नै हुन्छ । महिलाको रुपमा गर्भमा रहेको कारणबाट जन्मनु भन्दा पहिले नै कतिपयले हिंसाको शिकार भई मृत्युवरण गर्न वाध्य हुन्छन् । यो काहालिलाग्दो वास्तविकताको अन्तको लागि हाम्रो व्यवहार र सोचमा परिवर्तन आउनु जरुरी  छ । एक्काईसौ शताब्दीमा पनि महिलामाथि भेदभाव, अन्याय र शोषण हुनु सभ्य र उदार समाजलाई अमान्य हुनुपर्दछ । लैङ्गिक हिंसाको घटना भई सकेपछिको सतर्कता भन्दा घटना हुनै नदिन अपनाउनु पर्ने उपायलाई प्रभावकारी बनाईनु पर्दछ । यसका लागि आम संचार जगतले प्रभावकारी भूमीका निर्वाह गर्न सक्दछ भन्ने मलाई लाग्दछ । आजको कार्यक्रमको उद्देश्य पनि महिला माथि कुनै प्रकारको हिंसाजन्य अपराधका घटना हुन नदिन नागरिक सचेतना अभिबृद्धि गर्न संचार माध्यमको भूमीकालाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा छलफल गर्ने नै हो भन्ने मलाई लाग्दछ । यो कार्यक्रमको दौरानमा हुने छलफल र कार्यक्रमको निचोडले हामीलाई अगाडि बढन निश्चित रुपमा मद्दत गर्नेछ  भन्ने मेरो विश्वास छ ।

महिला भएको कारणबाट कुनै पनि प्रकारको हिंसा वा भेदभावको शिकार कोही पनि हुन नपरोस्, जुनसुकै लिङ्गका नागरिकले पनि समान व्यवहार र समान सम्मान पाउन सकुन् र कसैप्रति कुनै प्रकारले भेदभाव वा हिंसा भई हालेमा तत्कालै न्याय पाउने अवस्था सिर्जना होस् भन्ने तर्फ नेपाल सरकार सचेत छ । तर महिलामाथि हुने भेदभाव र ंिहंसाले समाजमा यसरी व्यापकता पाएको छ कि यसलाई अन्त गर्न राज्यको एक्लो प्रयास सार्थक हुदैन भन्ने मलाई लाग्दछ । महिलामाथिको ंिहसा चाहे त्यो तथाकथित बोक्सीको नाममा भएको होस् वा छाउपडी, देउकी वा वादीका नाममा वा अन्य कुनै किसिमको नै किन नहोस्, त्यसको जति निन्दा गरे पनि पुग्दैन । त्यसको अन्त नगरी समाज अगाडि बढन सक्ने अवस्था पनि छैन । महिला वा वालिकामाथि हुने जुनसुकै प्रकारको हिंसा र भेदभावका कार्य मानव अधिकार र नैतिक दृष्टिकोणबाट गलत छन्, राजनैतिक दृष्टिकोणबाट निन्दनीय छन्, यस्ता कार्य अनैतिक पनि छन् र यी आपराधिक कार्य हुन् । महिला विरुद्ध हुने हिंसा महिलाको मात्र समस्या होईन । यो एउटा परिवार वा समाजको मात्र नभई समग्र राष्ट्रको समस्या  हो । यसले राष्ट्रलाई अगाडि बढनबाट रोक्दछ । त्यसैले यस्तो हिंसाको तत्काल अन्त हुनु पर्दछ भन्ने मेरो मान्यता छ र यसका लागि हामी सवैको सामूहिक प्रयासको खाँचो छ ।
महिलामाथि हुने हिंसा मध्ये मानसिक हिंसाको दर उच्च भए पनि शारिरीक र यौनजन्य हिंसाको दर कम  छैन । महिला विरुद्ध हुने ंिहसाका घटनामा दोषिलाई कानूनको दायरा भित्र ल्याउन नसकेसम्म यस्तो हिंसाले प्रश्रय पाइनै रहने हुँदा अपराधिलाई तत्कालै कारवाही हुने कानूनी संरचना तयार गरी लागू गर्न सक्नु पर्दछ । घरेलु हिंसा विरुद्धको कानून आएको धेरै भएको  छैन । त्यो कानूनलाई प्रभावकारी रुपले व्यवहारमा लागू गर्न नेपाल सरकार क्रियाशिल छ । त्यसैगरी वोक्सीको आरोपमा महिलाहरु माथि हुने हिंसाजन्य अपराधका घटनामा पनि वृद्धि हुदै गएकोले यसको निवारणका लागि नेपाल सरकारले तत्कालै कानूनी संरचना तयार गर्ने निर्णय गरी सकेकोछ । सरकारको यो प्रयासले मुर्त रुप लिएपछि धामी झाँक्रिको माध्यमबाट कुनै महिला माथि कथित रुपमा बोक्सीको आरोप लगाउने प्रवृत्तिमा कमी आउने व्श्विास मैले लिएकोछु ।

लिङ्गका आधारमा हुने सवै प्रकारको हिंसा सामन्ती सामाजिक संरचना, भेदभावपूर्ण व्यवहार र गलत सामाजिक अभ्यासको उपज हो । यी सवैकुराहरुमा परिवर्तन ल्याउन सक्ने हो भने यसप्रकारको हिंसाको दरलाई कम गर्न सकिन्छ । महिलामाथि हुने ंिहंसाका लागि मुख्यरुपमा पुरुषको व्यवहार जिम्मेवार हुन्छ । बाबुले छोरीमाथि दाजुभाईले दिदीवहिनीमाथि, श्रीमानले श्रीमतीमाथि, र छोराले आमामाथि गर्ने हिंसाजन्य कार्यहरु यसका उदाहरण हुन् । पुरुषको इच्छा वा चाहनालाई पुरा गर्न नसक्दा वा उनीहरुलाई खुसी तुल्याउन नसक्दा कतिपय महिलामाथि घरेलु हिंसाका घटना घट्ने गरेका छन् । जे सुकै कारणबाट जो सुकैले यस्तो हिंसा गराएको भएपनि त्यो निन्दनीय आपराधिक कार्य हो । यस्ता घटनाहरु मध्ये धेरै कम घटना मात्र उजुरीको प्रक्रियामा जाने गरेका छन् । उजुरीको प्रक्रियामा गएका मुद्धालाई बीचैमा रोक्ने प्रवृत्ति पनि देखिएकोछ । यसले गर्दा पीडितले न्याय नपाउने र दोषिले सजाय भोग्नु नपर्ने स्थिति पैदा भई रहेकोछ । यो दण्डहिनताको स्थिति हा,े जसको कारणबाट पीडित झन पीडा बोक्न बाध्य हुने गरेका छन् भने अपराधीको मनोबल बढने गरेको छ । सरकारले यस कुरालाई गम्भीर रुपमा लिएकोछ । त्यसैले महिला विरुद्ध भएका हिंसाका बारेमा जिम्मेवार निकायले तत्काल उजुरी लिई २४ घन्टा भित्रै अनुसन्धान शुरु गर्न मैले निर्देशन दिई सकेको  छु र यसको निम्ति प्रहरीमा महिलाको थप दरवन्दी सिर्जना गर्ने र भर्ती गर्ने प्रक्रिया शुरु गर्न आदेश दिइसकेको छ ।

महिला विरुद्धको हिंसाजन्य घटना घटना साथ घटनाको प्रकृतिका आधारमा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारी तत्कालै घटनास्थलमा गई अनुसन्धान प्रक्रिया अगाडि बढाईनु पर्दछ । साथै महिला विरुद्ध भएका हिंसा र भेदभाव सम्बन्धी उजुरी र कारवाहीको स्थितिको नियमित रुपमा अनुगमन र मुल्याकंन गर्ने परिपाटीको विकास गर्नु पनि त्यतिकै आवश्यक छ । लैङ्गिक हिंसालाई सून्य सहनशिलता (श्भचय त्यभिचबलअभ० को नीति अख्तियार गरी यस्तो कार्यमा संलग्न हुने जो कोहीलाई पनि कानूनको दायरामा ल्याई कारवाही गर्ने सम्बन्धमा नेपाल सरकार पूर्णरुपमा  प्रतिवद्ध छ ।
लैंङ्गिक हिंसा र भेदभावको अन्तका लागि नेपाल सरकारले वर्ष सन् २०१० लाई “लैंङ्गिक हिंसाको अन्तः राष्ट्रिय अभियान” वर्षको रुपमा मनाएको र लैंङ्गिक हिंसा र भेदभाव विरुद्ध कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याएको भएता पनि महिला उपर हिंसाका घटनामा कमी आउन सकेको छैन । त्यसैले व्यवहारिक कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउने गरी नेपाल सरकारले हालै निर्णय गरी सकेकोछ । हिंसाको चपेटमा परेका महिलाको लागि उद्धार र सुरक्षित आश्रय स्थलको खाँचो छ । हिंसाको पीडा भोग्न वाध्य बनाईएका महिलाहरुलाई न्याय दिलाउनु पनि उत्तिकै जरुरी छ । यी कुराहरुका लागि सामूहिक प्रयास आजको आवश्यकता हो ।

महिलामाथि हुने हिंसाको जरो कारण पहिल्याएर त्यसको निराकरण नगरेसम्म जसले जतिसुकै ओठेभक्ति देखाए पनि समस्याको दीर्घकालीन समाधान नहुने तथ्यलाई राम्ररी ग्रहण गर्न म सवैलाई आग्रह गर्दछु । यसकालागि महिलाले ४ श÷स माथि आफ्नो निर्वाध अधिकार स्थापित गर्नैपर्छ । त्यो हो– शरीर, सम्पत्ति, श्रम र सत्ता । जवसम्म कुनै महिलाको आफ्नो शरीर माथि उसको वाहेक अरु कसैको अधिकार हुंदैन भन्ने कुरा समाजमा व्यवहारिक रुपले स्थापित गर्न सकिन्न तवसम्म लैंगिक हिंसाको अन्त्य हुन सक्दैन । त्यस्तै पैतृक सम्पत्ति माथि छोरा सरह छोरीको अधिकार स्थापित नभएसम्म सम्पत्तिको मालिक पुरुषको हिंसा र उत्पीडनवाट महिला मुक्त हुनै सक्दैनन् । त्यसरी नै महिलाको घरेलु श्रम सामाजिक उत्पादनमा गणना नभएसम्म र श्रमिक महिलाले समान कामको समान ज्याला नपाएसम्म लैंगिक हिंसाको अन्त्यको कल्पना गर्न सकिन्न । सवभन्दा महत्वपूर्ण कुरा, सत्तामा महिलाको समानुपातिक सहभागिता सुनिश्चित नभएसम्म महिलमाथिको प्रणालीगत र श्रृंखलावद्ध हिंसा अन्त्य हुनै सक्दैन । यसकालागि सचेत महिलाहरुले एकतावद्ध र दीर्घकालीन संघर्ष चलाउनै पर्दछ । सरकारको तर्फवाट र व्यक्तिगत रुपमा त्यस्तो संघर्षमा मेरो सधै साथ रहने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु । साथै आजै देखि आआफ्ना घर र कार्यालयहरुमा कुनै लैंगिक हिंसाजन्य कार्य नगर्ने प्रण गर्न सवै पुरुष साथीहरुलाई आग्रह पनि गर्दछु ।
अतः म सवै राजनैतिक दलका नेता तथा कार्यकर्ता, नागरिक समाजका सदस्य, पत्रकार, अधिकारकमी, समाजका प्रवुद्ध वर्ग लगायत आम नागरिक र नेपालको विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरुमा लिङ्गका आधारमा हुने सवै प्रकारको हिंसा र भेदभावको अन्तका लागि एकजुट हुन हार्दिक आग्रह गर्दछु । आधा आकाशमा वादल लागेसम्म र आधा धर्तीमा हिंसा कायम रहेसम्म संसारमा शान्ति हुन्न र यो वस्न लायक पनि हुन्न भन्ने ख्याल राख्न म सवैलाई अपील गर्दछु ।

धन्यबाद

२१ चैत्र २०६८