गरिवी निवारण कोषको बैठक सम्पन्न

काठमाण्डौ, ३२ जेठ ।
गरिवी निवारण कोषको वैठक विहिबार सम्पन्न भएको छ । कोषका अध्यक्ष प्रधानमन्त्री डा. बावुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले गरिवहरुको पहिचान गरि परिचय पत्र वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । यहि साउन देखि राष्ट्रिय अभियानको रुपमा कार्यक्रम सुरु गरिने पनि बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री डा. बावुराम भट्टराई अर्थमन्त्री भएको समयमा वास्तविक गरिवको पहिचान गरि परिचय पत्र तथा राहतको वितरण गर्ने कार्यक्रम पहिलो पटक ल्याईएको थियो । विभिन्न कारणले त्यतिवेला ओझोलमा परेको यस कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाउन विहिबार वैठकमा प्रधानमन्त्रीले निर्देशन दिनुभयो । यो कार्यक्रमलाई विशेष अभियानका साथ संञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विशेष महत्वको यो कार्यक्रम ओझेलमा परेको बताउँदै प्रधानमन्त्रीले कार्यक्रमलाई पूरा गर्नका लागि वैठकमा निर्देशन दिनुभयो । पहिला गाउँ केन्द्रित भएको यो कार्यक्रम अव शहरमा पनि कार्यक्रम विस्तार हुने छ ।
भर्खरै गठन भएको सहकारी तथा गरिबी निवारण मन्त्रालय र कोषको सम्वन्ध के हुने भन्ने बारे पनि छलफल भएको छ । बैठकले मन्त्रालयका सचिवलाई कोषको सदस्यको रुपमा आमन्त्रण गर्ने भएको  । मन्त्रालयले कोषको काममा समन्वय गर्दै अनुगमन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

विस्थापित सुकुम्वासी वस्तीमा आय आर्जनका कार्यक्रम लैजाने बारे पनि छलफल भएको छ । सुकुम्वासी वस्तिमा आय आर्जन, खानेपानी तथा सरसफाई सम्वन्धि कार्यक्रम कोषले सुरु गर्ने भएको ।

आर्थिक बर्ष ०६९/०७० मा समुदायमा आधारीत आयमुलक कार्यक्रम २५१२ वटा, सामुदायीक पूर्वाधार विकास कार्यक्रम ११२५ वटा र नविन स्रोतमा आधारित सृजनशिल कार्यक्रम ११० वटा संञ्चालन गर्ने वैठकले निर्णय गरेको छ । जसको बजेट ४ अर्व ९ करोड ४१ लाख ५९ हजार रहेको छ । यस कार्यक्रम अन्र्तगत १ लाख थप गरिव घर परिवारहरु लाभान्वित हुने विश्वास लिईएको छ । जापान सोसल विकास फन्टको पनि कोषले संञ्चालन गर्ने भएको छ । यस कार्यक्रम अन्तर्रगत द्वन्द्व प्रभावित क्षेत्रमा कलात्मक वस्तुमा आधारीत सामाग्री निर्माण कार्यक्रम संञ्चालन हुने जनाईएको छ । यस कार्यक्रमको लागि २६ लाख ४६ हजार ७ सय ७७ अमेरिकी डलर अनुदान सहयोग रहेको छ । वैठक पुनः आईतबार बस्ने छ ।