सोसाइटी अफ नेपालीज आर्किटेक्टको अठारौं वार्षिक साधारण सभामा सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यक्त गर्नु भएको मन्तव्य

सोसाइटी अफ नेपालीज आर्किटेक्टका अध्यक्षज्यू, अन्य पदाधिकारीहरु, आर्किटेक्ट साथीहरु र उपस्थित महानुभावहरु,
सोसाइटी अफ नेपालीज आर्किटेक्ट (सोना) को अठारौं बार्षिक साधारण सभामा मुख्य अतिथी भई तपाईंहरुको बीच बस्न पाउंदा मलाई अत्यन्त हर्ष लागेको छ । म स्वयं आर्किटेक्ट भएको नाताले पनि यो सभा मलाई प्यारो लागेको छ ।

सोसाइटी अफ नेपालीज आर्किटेक्ट का,े अन्तराषर््िट्रय आर्किटेक्टहरुको संघ संस्थाहरुसंग बलियो सम्बन्ध बढदै गएको मात्र होइन, अपितु बेलाबखत यस्ता संघ संस्थाहरुलाई नेतृत्व पनि प्रदान गर्नु भएको सुन्न पाउंदा मलाई खुशि लागेको छ ।
आर्किटेक्ट साथीहरु, गत दशकमा हाम्रो देशमा भएको ऐतिहासिक परिवर्तनमा तपाईंहरुको योगदान मैले बिर्सेको छैन । यो ऐतिहासिक परिवर्तनले जनताले चाहेको नेपालको निर्माणमा सम्पूर्ण नेपालीहरुका साथ तपाईंहरु हुनु भएको कुरामा मलाई कुनै शंका छैन । आर्किटेक्ट बिधामा सामाजीक र आर्थिकका साथै राजनैतिक बीचार धाराहरुको ठूलो प्रभाव हुन्छ भन्ने कुरा मैले दोहोर्याउनु पर्दैन । तपाईंहरु, देशका बुद्धजीवीहरुको कल्पना, वीचार, सिर्जना र यस्को प्रयोगमा देशको परिवर्तित अवस्थाले प्रतिनिधित्व हुनु पर्दछ र यो तपाईंहरुको कर्तब्य पनि भएको ठान्दछु ।

देशमा आएको राजनैतिक परिवर्तनले बिशेष गरी शहरी क्षेत्रमा निमार्णका कार्यकलापहरु बढदै गएको छ र निजी क्षेत्रहरु प्नि यसमा निकै परिचालन भएका छन् । यस्ता निर्माणकार्यहरु हामीले शहरी क्षेत्रमा मात्र होइन, देशका सम्पूर्ण भागहरु, शहर र गाउंहरुमा फैलाउनु परेको छ । यस्ता निर्माणहरुले हाम्रा शहर र गाउंहरुका  भौतिक स्वरुप मात्र होईन, यसका बासिन्दाहरुको जीवनको गुण स्तरमा पनि प्रभाव पार्नु पर्दछ । हाल काठमाण्डौमा भईरहेको शहरी यातायातको बिकासकालागि भईरहेका केही कदमहरुले यसको भौतिक स्वरुपको परिवर्तनमा केही दुरगामी टेवा पुर्याउनेछ र यसको प्रभावकारिताको उपयोग गर्न तपाईं आर्किटेक्ट साथीहरुलाई अवसर मिलेको म ठान्दछु । यसै सन्दर्भमा काठमाण्डौ उयत्यका बिकास प्राधिकरणको गठन र हालसालै सृजीत शहरी बिकास मन्त्रालयबाट समग्र शहरी बिकासको क्षेत्रमा ठूलो फडको मार्ने निश्चित छ ।

आज परम्परागत तरिकाको सोचले काम गर्ने समय होइन । देशलाई अविकसितको बिशेषणले उन्मुक्त गर्न संकिर्णता होइन, अग्रगामी र प्रगतिशील विचारधाराहरुको आवश्यकता छ । बास्तुकलाको बिधामा यस्ता अग्रगामी सोचको ठूलो महत्व छ र यो सोच, सिर्जनात्मक प्रतिभाका धनी तपाईंहरुलले आफ्ना सिर्जनाहरुबाट देखाउनु पर्दछ । देशमा आएको उन्मुक्त बातावरणले हामी सबैलाई नयां सोच र सिर्जना गर्ने ठूलो अवसर प्रदान गरेको म ठान्दछु ।

नेपालमा बास्तुकला ब्यबसाय अन्य प्राविधिक ब्यबसायको तुलनामा नयां हो । यसैले तपाईंहरुलाई शुरुमा काम गर्दा केही अपठ्याराहरु पक्कै भएको थियो । यो बिधाको बिकासमा नेपाल सरकारले निश्चयनै महत्व दिनेछ र तपाईंहरुले यसका लागि सरकारको तर्फबाट के के गर्नु पर्दछ भन्ने प्रस्ताव ल्याउनु भएमा यसमा हामीले गर्न सक्ने मद्दतका लागि आवश्यक कदम चाल्ने छौं ।

अन्त्यमा तपाईंहरुले मलाई यस सभामा निमन्त्रणा दिनुभएकोमा धन्यबाद दिन चाहन्छु र म स्वयं पनि तपाईंहरुको समाजको एक सदस्य भएको नातामा तपाईंहरुको यस सभाको सफलताको कामना गर्दछु र नयां कार्यकारी पदाधिकारीहरुलाई शुभकामनाका साथै वहांहरुको कार्यकालको सफलताको पनि कामना गर्दछु ।

धन्यबाद
३० असार २०६९