भारतका नवनिर्वाचित राष्ट्रपति मुखर्जीलाई प्रधानमन्त्रीद्वारा शुभकामना ज्ञापन

काठमाडौ, ८ साउन ।
भरतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई प्रधानमन्त्री डा. बावुराम भट्टराईले आज विहान टेलिफोन सम्पर्क गरी बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री डा. भट्टराईले मुखर्जीको विजयमा नेपाली जनता र राजनीतिक दलहरु खुसी रहेको बताउनु भयो । उहाँले नवनिर्वाचित राष्ट्रपति मुर्खर्जीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भावी दिनमा आपसी सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति मुखर्जीले धन्यवाद व्यक्त गर्दै आफू नेपाल र नेपालीको सधै असल मित्र भएको बताउनु भयो । उहाँले दुई पक्षीय सम्बन्ध अझै मजवुत हुँदै जाने बताउनु भयो ।