अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
अरुका आँखामा
 
जनतामाझ डा.भट्टराई
अरुण बराल
 

काठमाडौं । गत साता बिहान नयाँ बानेश्वरबाट माओवादी नेता डा. बाबुराम भट्टराई सहितको एक टोली तीनवटा अलग-अलग गाडीमा गोर्खा जिल्लातर्फ लाग्यो । गोर्खा क्षेत्र नं. २ बाट नेपालभरिमै सबैभन्दा बढी भोट ल्याएर चुनाव जितेका डा. भट्टराईको एउटा नयाँ खालको बानी रहेछ, प्रत्येक महिना आफ्नो गृहजिल्ला जाने र मतदाता एवं जनतासित घुलमिल गर्ने । चुनाव जितेपछि उत्तरी गोर्खाका एकाधबाहेक सबै गाविसमा पुगिसकेका रहेछन् । घुम्दै जाँदा गोर्खाको च्याङ्लीमा भने उनी शनिबार १४ महिनापछि पुगेका थिए ।

आफूलाई भोट हालेर जिताउने जनतालाई एकपटक पनि फर्केर नहेर्ने नेताहरूका लागि डा. भट्टराई एकजना नयाँ उदाहरण रहेछन् । गोर्खामा उनलाई जनताले आँगनमा गाग्री र लोहोटामा पानी राखेर स्वागत गरे । एकाबिहानै गोर्खाको च्याङ्लीमा ०५२ साल फागुन २ गते जनयुद्धको प्रारम्भ भएको प्रथम कारबाहीस्थलमा डा. भट्टराईले भाषण गरे । उनले सो स्थलमा जनयुद्धको स्मारक बनाउन चाहेको बताए । आफूले जनयुद्धका क्रममा च्याङ्लीमा बैंक कब्जा गरेर ऋणी किसानलाई धनीपुर्जा बाँडेको र तमसुकहरू जलाएको स्मरण गर्दै आफूहरू सरकारमा आएपछि त्यस्ता गरिब किसानको ऋण मिनाहा गरेर बोलेको कुरा पुर्‍याएको उनले बताए । माओवादी सरकारले ३० हजारभन्दा कम ऋण लिने किसानको पूर्णरूपमा सावाँ-ब्याज मिनाहा गरिदिएको र एक लाखभन्दा बढी ऋण लिनेको ब्याज मिनाहा गरिदिएको डा. भट्टराईले बताए । ऋण मिनाहा गर्दा सरकारले बैंकलाई १० अर्ब तिर्नुपर्नेमा आफ्नै पालामा पाँच अर्ब चुक्ता गरिसकेको पनि उनले किसानलाई बताए । कार्यक्रममा माओवादीका केन्द्रीय नेता हितराज पाण्डे -उत्तम) ले च्याङ्लीको बंैक कब्जा कसरी गरिएको थियो भन्ने कथा सुनाएका थिए । एकताकेन्द्रबाट माओवादीमा प्रवेश गरेका केन्द्रीय सदस्य एवं पूर्व विद्यार्थी नेता प्रकाश पोखरेल पनि कार्यक्रममा थिए ।

जनयुद्धको ऐतिहासिक स्थलको कार्यक्रम सकेर डा. भट्टराईले बिरुवा-गुठीमा आयोजित किसानसँगको अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए । उक्त कार्यक्रममा प्रौढ किसान शारदा लुईंटेलले बुँदागत रूपमा किसानका १० वटा समस्या डा. भट्टराईलाई सुनाएका थिए । लुईंटेलको प्रश्न थियो, पाँचवटा टाहार भएको त्यस क्षेत्रमा सिंचाइको व्यवस्था कसरी गर्ने ? कृषि कलेज चाहिएको छ, कसरी ल्याउने ? छेपाटार-पालुङ मोटरबाटो कालोपत्रे कसरी गर्ने ? पालुङटारलाई नगरपालिका कसरी बनाउने ? किसानका लागि बजार व्यवस्थापन कसरी गर्ने ? गरा सुधार कार्यक्रम कसरी गर्ने ? वन तस्करी कसरी रोक्ने ? खानेपानीको समस्या कसरी हल गर्ने ? दूधको बजार व्यवस्थापन कसरी गर्ने अनि टाहारहरू जोड्ने पुल कसरी र कहिले बनाउने ? कार्यक्रममा गोर्खाका अर्का सभासद् ज्ञानेन्द्र कुमाल पनि सँगै थिए ।

डा. बाबुराम भट्टराईले फटाफट किसानहरूका प्रश्नको जवाफ दिए- बजार व्यवस्थापनका लागि गाउँ-गाउँमा सहकारी आवश्यक छ । गरा सम्याउनेभन्दा सुर्कासुर्कीमा फलफूल, जंगल आदि लगाउनु र टाहारमा खेती गर्नु राम्रो हुन्छ । दूधको बजारका लागि दूध पाउडर फ्याक्ट्री खोल्नुपर्छ । सिंचाइका लागि चेपे दरौंदीबाट नहर ल्याउने, बिजुलीबाट मस्र्याङ्दीको पानी तान्ने आदि गर्न सकिन्छ । उनले त्यस क्षेत्रको सिंचाइ एवं विद्युत् विकासको सम्भाव्यता अध्ययनका लागि आफू अर्थमन्त्री हुँदा दुई करोड छुट्याइएको जानकारी आफ्ना मतदातालाई दिए ।

डा. भट्टराईले किसान क्रान्ति एवं किसानको समस्याबारे केही प्रश्न उठाउन लायक अभिव्यक्ति पनि दिए । उनको तर्क के थियो भने एकीकृत माओवादीको पहिलो जोड उत्पादनका साधनमा किसानको पहुँच पुर्‍याउने, जसको जोत उसको पोत लागू गर्ने, क्रान्तिकारी भूमिसुधार लागू गर्ने र जमिनको पुनर्वितरण गर्ने कार्यमा रहने । उत्पादकत्वको वृद्धि, सिंचाइ, बजार व्यवस्थापन आदिलाई आफ्नो पार्टीले दोस्रो प्राथमिकतामा पारेको भट्टराईले बताए । तर, उनले पहिलो प्राथमिकताभित्रका विषयलाई त्यस क्षेत्रमा कसरी कार्यान्वयन गर्ने भन्नेबारेचाहिं केही बताएनन् र खाली दोस्रो प्राथमिकताका कुरा जस्तै, सिंचाइ, बजार, सहकारी आदिका विषयमा मात्रै मन्तव्य दिए ।

शनिबार डा. बाबुरामले मन्तव्य दिएको च्याङ्ली गाविसको जनसंख्या करिब आठ हजार पाँच सय रहेको गाविस सचिव आनन्दकुमार श्रेष्ठ बताउँछन् । यस गाविसमा ५२ प्रतिशत कुमाल जातिको बसोवास छ । डा. बाबुरामले मन्तव्यमा भन्दै थिए, 'यहाँका टारी खेत निश्चित वर्गका हातमा छ, किसानहरू भूमिहीन छन्, त्यसैले जसको जोत उसको पोत लागू हुनुपर्छ । तर, गाविस सचिवका अनुसार पहिले-पहिले बन्दीपुरका नेवार एवं स्थानीय क्षेत्री-बाहुनका हातमा रहेका टारी खेतको स्वामित्वमा यतिवेला परिवर्तन भइसकेको छ । सचिव श्रेष्ठले त के दाबी गरे भने च्याङ्ली गाविसमा मोहीहरू नै छैनन् । पत्रकारले तथ्यांक हेर्न खोज्दा माओवादीले गाविस जलाएका कारण भिलेज प्रोफाइल वा कुनै पनि प्रमाण त्यहाँ रहेनछन् ।

छेउछाउका अन्य गाविसमा पनि माओवादीले कागजात जलाएका रहेछन् । डा. बाबुरामले भनेझैं कृषि क्रान्तिलाई जोड दिन, भूमिको पुनर्वितरण गर्न वा जसको जोत उसको पोत लागू गर्न जसरी उत्पादनका साधनमाथिको स्वामित्वबारे अध्ययन गर्नुपर्ने हुन्छ । तर, त्यसतर्फ माओवादीको कुनै ध्यान गएको पाइएन । बरु माओवादी नेताहरू 'विकासे मानसिकतामा मात्रै केन्दि्रत हुन थालेको डा. भट्टराईकै मन्तव्यले स्पष्ट पारेको छ ।

गोर्खाको कार्यक्रम सकेर डा. भट्टराईसहितको टोली तनहुँको दुलेगौंडामा आयोजित जनसभामा सहभागी भयो । बीच बाटोमा राजेन्द्रराज पन्त नामका किसानले तीन सय २२ वटा गाई पालेका रहेछन् । डा. भट्टराईले त्यसको निरीक्षण गरे, एक गिलास दही खाए । अनि, मेरो पनि यसैगरी व्यावसायिक रूपमा खेतीपाती वा पशुपालन गर्नुपर्छ भन्ने मान्यता रहेको धारणा राखे । पन्तले मासिक ७०/८० हजार रूपैयाँ कमाउँदारहेछन् ।

तनहुँमा डा. भट्टराईले करिब तीन सय ५० को नाम पढिएकोमा तीन सयजतिलाई टीका लगाएर माओवादीमा प्रवेश गराए । माओवादीमा आउनेमा बढीजसो एमालेका थिए । कार्यक्रममा अर्का नेता सुरेश आलेमगर पनि थिए । डा. भट्टराईको भाषण सुनेपछि मञ्चपछाडि एकजना वृद्ध भन्दै थिए- 'यो मान्छे सय वर्ष बाँच्नुपर्छ '

हुन पनि डा. भट्टराईको जनताप्रतिको लगाव र अर्जुनदृष्टि देख्दा लाग्थ्यो, उनी देशका लागि सय वर्षभन्दा बढी बाँच्नुपर्छ । अन्य पिएचडी गरेका बुद्धिजीवीहरू यतिवेला अमेरिका-युरोपतिर बसेर आफ्नो पेटका लागि सोचिरहेका छन् । यस्तो वेलामा डा. भट्टराई गाउँ-गाउँमा जनताका बीचमा जानु, नेपालीले गर्व गर्नैपर्ने विषय थियो । सम्भवतः: यही कुराबाट प्रभावित भएर होला, च्याङ्लीबाट र्फकने क्रममा पत्रकार रेवती सापकोटाले भने- 'म स्यालोट गर्छु यार भट्टराईलाई ! सबै नेताले यसैगरी जनतातिर र्फकने हो भने देश स्वर्ग बन्ने थियो '

बाटामा एक प्रहरी अफिसरले डा. भट्टराईको गाडी रोके । पत्रकारको टोलीसमेत होटलमा पस्यो र चिसो खाने कार्यक्रम सुरु भयो । ती प्रहरी हाकिमले आफ्नो १२/१३ वर्षको छोरोलाई डा. भट्टराईसित हात मिलाउन लगाए र भने- 'हेर्, उहाँ नेपालको बोर्डफस्र्ट हो । तैले पनि त्यसैगरी पढ्नुपर्छ । त्यही भएर तँलाई हात मिलाउन ल्याएको हुँ, बुझिस् ?' विचरा हाकिम साबले छोरो मात्रै होइन, श्रीमती पनि ल्याएका रहेछन् । श्रीमती गाडीमै थिइन् । आखिर सेतो प्लेटको सरकारी गाडीमा श्रीमती र छोराछोरी हालेर हिंड्नु प्रहरी र सेनाका अधिकारीहरूको पञ्चायतकालदेखिकै रोग पनि त हो ।

जनआस्था साप्ताहिक, ३१ असार २०६६

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 18 )
 
shishir pokharel  [From: gorkha, chhoprak-8] Says:
 
 
wish you all the best, i like your clearity in words, honesty in behave, best in vision in any field but we expect more for current political situation which must have get relief.
 

 
laxmi  [From: pepsicola 35kathmandu] Says:
 
 
namaste i like you very much. tapai hamro country ko primeminister hunuparne leader ho but kina yaso bhairakheko chhaina
 

 
Jagan Nath Ammay  [From: Damek Baglung] Says:
 
 
I want to see u Priminister for rapid devepopment of nation.
 

 
Bibash Ch. Sharma  [From: Palungtar, 5, Grokha] Says:
 
 
We are looking forward to develop our nepal on Dr.Bhattarai leadership.
 

 
hari bhattarai  [From: khotang] Says:
 
 
you are the best one the of the world . so you have to need change not only political but also need to change social need.best wishes to your work.
 

 
H.B G.  [From: Dhading] Says:
 
 
namesta cm Babu ram ji . ma tapai patri dharai dharai happy chhu kana bhana tapai lai maila paila pane sms garako thaya but reply aayana . mali tapaiko kam ma khasi chhi ma pane cm nai ho so now i sending sms plz sms me ok . Cm Baburam
 

 
bishnu sapkota  [From: palungtar-6 grokha ] Says:
 
 
२०५२ सालमा गोर्खा बजार मा एउटा सर्ट र छोटो छोटो पायेट लगयेर नयाबजारमा हिनेको देखेको थिए बाबुराम भट्टराईलाई । तेती खेर पनि लाग्थ्यो यो मान्छे ले पी एच डी गरेको होला र? शायद येती खेर प्राय सबै डा लेख्ने हरु त बिदेश को महँगो जीवन बिताइरहेका छन् होला तर जनता को असल छोरो गाउँ घर मा घुमिरहेको सुन्दा धरो धर्म म एक चोटि रोये । येस्त मान्छे किन जन्माउदैन यो देश ले अरु पनि? बाबुराम दाई तपाईंलाई सन्तोष छ भने हामी तपाईंलाई येही रुप म देखिरहन सकौ र भोली हामीले पनि येही पाठ सिकौ । तपाईंको कार्य सफल रहोस् हामी जनता को साथ छ तपाईंलाई । धन्यवाद
 

 
Raj Dangol  [From: Nuwakot] Says:
 
 
Dr. Baburam Bhattarai jasto leadership Nepal le payakoma garba hun6. Tapaiko har kamma shath hami dinechau
 

 
शरद रिजाल  [From: घोडागाऊ रोल्पा ] Says:
 
 
नेता हुनुपर्छ बाबुराम भट्टराई जस्तो म पनि सलाम गर्छु यस्ता नेतालाई सायद सबै नेता यस्तै हुने भने हाम्रो देश कहा पुग्थ्यो होला
 

 
suraj raj kunwar  [From: godawari-2, lalitpur] Says:
 
 
yo lekh pader sachi nai nepal le janmayako choro bheneko ta dr. bhattarai nai hun jasto lagyo ra 1jana buda daile bheneko (yo manchhey 100 barsa bachhnu parcha) ho yo kura yasta neta kohi pani chainan hamro des ma uni mero matra hoina dharai nepali ka idol person hun. yas ma due maat chaina dr.saab tapai aafno b4 liyer aagadi janus hernus aaja ko 5 parsa pachi nepali 80% tapaikai pacchay ma hunchhan, desko chautarfi bkas garne ho bhane time laggdaina 10 barsama tapai le soucheko jasto des hunchha nepali janta sabai tapaiko saath chhan.phari pani ma bhanchhu ( nepali le janmayako suputra 1 man hiro dr. baburam bhattarai nai ho). repply pani gardai garnnus. padnna ta hunchha haina dr.sab.
 

 
Nahakul Pandey  [From: manamaiju-8 shantitole kathmandu] Says:
 
 
"Namaskar"Dr.Bhattarai sir hami jasta student haru ko sahayog hajur lai jati bela pani uplabdha cha. tesaile hajur le garne ramro kaam ma hami nepali bidhyarthi haru ko sahayog jati bela pani paunuhuncha hamisabai ko umer hajur lai lagos hajur jasto neta yo desh lai chaincha.
 

 
ganesh adhikari  [From: london] Says:
 
 
i had many aspectations on baburam bhattrai as a communists leader in nepal compare to any other leader among in maoists too.
 

 
surya  [From: yongsan, south korea] Says:
 
 
undoubtfully one of the most prominient and intellectual leader who can draw the modern map of Nepal where every body will be proud to be Nepali and to have Dr. Bhattaria as their great leader.
 

 
Raju Bhattarai  [From: Rumoi -Hokkaido JAPAN] Says:
 
 
We are looking forward to develop our nepal on Dr.Bhattarai leadership. We all nepalese with you.
 

 
rishi bhatta  [From: 1700 sunterro D r Austin tx u s a] Says:
 
 
he is the only best leder in your countery Rishi r bhatta
 

 
Balaram Pandey  [From: Thamel] Says:
 
 
He is the one we need in Nepal as president.wish u all the best Dr. Bhattarai.
 

 
raju  [From: gaikhur -2 gorkha ] Says:
 
 
नेपाललाई डा. बाबुराम भट्टराई जस्तो असल नेताको खाचो छ |उहाको हर कार्य र सफलताको शुभकामना |
 

 
Suraj Aryal  [From: Dhapakhel, lalitpur ] Says:
 
 
कमरेड ! लालसलाम मलाई गर्व छ तपाइको राजनितीक इमान्दारीताको
 
अन्य अरुका आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
गणतन्त्रको भविष्यका लागि माओवादी नेतृत्वप्रति अपेक्षा
'म प्रधानमन्त्री बन्ने कुरा अनुमान र हल्ला मात्रै हो'
एक्लो देखियो अर्थमन्त्रीको चन्द्रमा छुने प्रयास
बाबुराम, बाँसघारी र सपना
एउटा नाम मेरो मस्तिष्कमा आयो डा. बाबुराम भट्टराइ
अर्थमन्त्रीको नयाँ सोच र नयाँ नेपालको मार्गचित्र
बचनवद्ध बाबुराम
बाबुराम भट्टराईलाई शुभकामना
डा.बाबुराम भट्टराई : नयाँ नेपालको नक्सा कोर्दै
बोर्डफस्ट संवाद डा. बाबुराम भट्टराईसँग
हुनै छाड्यो भेट
"किताबको कीरा" डा. बाबुराम भट्टराई

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।