पुस्तक किन पढ्नुहुन्छ ?
- संसारलाई वुझ्न र वदल्नकोनिम्ति ।
अहिले कुन पढ्दै हुनुहुन्छ ?
- प्रो.रणधीर सिंह लिखित "क्राइसिस अफ सोसलिज्म" ।
पढ्नलाई कुनै निश्चित समय वा स्थान छ ?
- फुर्सद मिलेको कुनै पनि समय र पाएसम्म एकान्त स्थान
मनपर्ने लेखक/कवि ?
- लु स्यून, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, भूपि शेरचन, विश्वेस्वरप्रसाद कोइराला, महेशचन्द्र रेग्मी, अरुन्धती राय, नोआम् चोम्स्की आदि ।
सबभन्दा दोहोर्याएर कुन पुस्तक पढ्नुभएको छ ?
- माक्र्स-एंगेल्स लिखित "कम्युनिष्ट पार्टीको घोषणापत्र", लेनिनको "राज्य र क्रान्ति", स्टेफेन हकिङको "अ व्रिफ हिष्ट्री अफ टाइम" ।
तपाईंको जीवनमा साह्रै प्रभाव पारेको पुस्तक ?
- स्टेफेन हकिङको "अ वि्रफ हिष्ट्री अफ टाइम"
एकदिन बिताउनुपर्दा कुन पुस्तक-पात्रलाई छान्नुहुन्छ ?
- लुस्यूनको कथा "आह-क्यूको साँचो कथा" को पात्र आह-क्यू ।
आवश्यकताभन्दा बढी चर्चा पाएको पुस्तक ?
- मुनाफामुखी दुनियाँमा चर्चा पाउनु पर्नेले नपाएको र पाउनु नपर्नेले पाएको थुप्रै उदाहरण छन् ।
पढेकामध्ये सबभन्दा हाँसो उठ्दो पुस्तक ?
- भैरव अर्यालको "जय भुँडी" ।
पढेकामध्ये सबभन्दा कामोत्तेजक पुस्तक ?
- म कामत्तेजक भन्दा विचारोत्तेजक पुस्तक नै छान्ने गर्छु ।
पढ्दा साह्रै अल्छी लागेको पुस्तक ?
- किताव पढ्दा अल्छी लागेको खाशै सम्झना छैन ।
तपाईंलाई पढ्न मन लागेको तर नपाएका कुनै पुस्तक छन् कि ?
- पढ्न मन लागेको शायद एक दशांश पुस्तक पनि पढ्न पाएको छैन । खाशगरी सौन्दर्यशास्त्र र भौतिक विज्ञानका किताब नगण्य मात्रामा पढ्न पाइरहेको छु ।
आफ्नो आयको कति भाग (प्रतिशत) पुस्तक खरिदमा खर्च गर्नुहुन्छ ?
- पुस्तक वाहेक अरु चीज खरिद गर्ने आजसम्म मेरो वानी छैन । अमेरिक जाँदा समेत मैले पुस्तक वाहेक अरु केही किनिन ।
विश्वसाहित्यको हाराहारीमा हाम्रा कुन लेखक वा कृति छन् ?
- लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विश्वेश्वरप्रसाद कोइराला र महेशचन्द्र रेग्मी त्यो कोटीमा पर्छन कि π
तपाईंको विचारमा पढ्नैपर्ने केही पुस्तकहरू ?
- कार्ल वन् क्लाज्विट्जको "अन वार", कार्ल माक्र्सको "क्यापिटल", प|mेडेरिक एंगेल्सको "एन्टी-डयूरिङ", लेनिनको "स्टेट एण्ड रेभ्युल्युसन", माओको "अन कन्ट्राडिक्सन", चे ग्वेचाराको "वोलेभियन डायरी", स्टेफेन हकिङको "अ वि्रफ हिष्ट्री अफ टाइम", हिन्दूहरुको "भागवद्गीता" र पाल केनेडीको "द राइज एण्ड फल अफ ग्रेट एम्पायर्स"सवैले एक पटक पढ्दा राम्रो हुने ठान्दछु ।
३ पुष २०६२
नेपाल साप्ताहिक