अन्तर्वार्ताहरु
प्रधानमन्त्रीका लागि नयां साझा उम्मेदवार खोजौं
तीनै पक्ष सम्मिलित सरकारलेमात्र शान्ति र संबिधान दिन सक्छ
दूरदृष्टि र नैतिकवान नेतृत्वको खडेरी : बाबुराम
संविधानसभाबाट अग्रगामी संविधान बनाउनु पार्टीको आधिकारिक नीति हो
अबको युद्ध विनासकारी हुन्छ
अमेरिका न स्वर्ग, न पाताल
हामी किन लत्रिने ?
अहिले पनि हाम्रो प्राथमिकता संवाद र सहमति नै हो
'राष्ट्रिय संयुक्त सरकार' बन्नुको बिकल्प छैन्
आधा सपना पुरा भएको छ
शक्तिशाली प्रधानमन्त्री कि राष्ट्रपति ?
यत्तिकै जिम्मेवारी छाडेर हामी सरकारबाट हट्ने पक्षमा छैनौ
६० प्रश्न बाबुरामलाई
'फागुनमा आँप पाक्दैन’
हामीलाई कसैले अक्सिजन दिनुपर्दैन
अरुको आँखामा
बाबुरामको देशभक्तिप्रति म सम्मान गर्छु
लोकतान्त्रिक गणतन्त्रको राजनीतिक इन्जिनियर डा. बाबुराम
जनतामाझ डा.भट्टराई
दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
महत्वपूर्ण लिंकहरु
Monthly Review
Economic & Political Weekly
Janamukti Sena, Nepal
krishnasen online
akhil revolutionary
 
दस्तावेज
 
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
 

(संजमोको केन्द्रीय प्रतिनिधिमण्डलले तात्कालीन संयुक्त सरकारका प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर प्रस्तुत गरिएका मागहरू)

श्री सम्माननीय प्रधानमन्त्री ज्यू, २०५२ माघ २१ गते

प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौं

विषय- ज्ञापनपत्र

महोदय,

२०४६ सालमा जनआन्दोलनको परिणामस्वरूप निरंकुश राजतन्त्रात्मक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएर राजतन्त्रात्मक संसदीय बहुदलीय व्यवस्थाको स्थापना भएको ६ वर्ष पूरा हुँदैछ । यस बीचमा त्रि-पक्षीय अन्तरिम सरकार, नेपाली कांग्रेसको एकमना सरकारले राज्य-सत्ताको सञ्चालन गरिसकेका छन् । परन्तु देश र जनताको स्थिति उँभो लाग्नु सट्टा दिनहु उँधो लाग्दै गएको कुराको पुष्टि नेपाल संसारको दोस्रो सबभन्दा गरिब देशमा झरेको, निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्याको अनुपात ७१ प्रतिशत पुगेको, पूर्ण बेरोजगारहरूको संख्या १० प्रतिशतभन्दा बढी र अर्ध तथा छद्म बेरोजगारहरूको संख्या ६० प्रतिशतभन्दा बढी पुगेको, विदेशी ऋण र व्यापार घाटा प्रतिवर्ष चुलिँदै गएर देश टाट पल्टने स्थितिमा पुगेको, देशभित्र विदेशीहरू र खासगरी भारतीय विस्तारवादीहरूको आर्थिक र सांस्कृतिक अतिक्रमण दिनहुँ बढ्दै गएको, धनी र गरीबि तथा सहर र गाउँ बीचको फाटो झन् झन् फराकिलो हुँदै गएको आदिबाट हुन्छ । अर्कोतिर, यस बीचमा कुनै न कुनै रूपले सरकारमा पुगेका संसदीय पार्टीहरू देश र जनताको हितप्रति समर्पित रहनुको सट्टा विदेशी साम्राज्यवादी तथा विस्तारवादी मालिकहरूको आशीर्वाद प्राप्त गरेर कुर्सीमा टिकिरहने प्रयासमा नै निर्लिप्त रहेको कुरा उनीहरू सबैले साम्राज्यवादीहरूले आप्नो स्वार्थ सिद्ध गर्न तयार गरेको कथित निजीकरण र उदारीकरणको आर्थिक नीति आँखा चिम्लेर स्वीकार गरेको र हालै आएर भारतीय विस्तारवादलाई नेपालको जलसम्पदाको एकाधिकार सुम्पन्न कथित 'राष्ट्रिय सहमति’ कायम गरेकोबाट पुष्टि हुन्छ । यसै क्रममा संयुक्त जनमोर्चा नेपालले २०४८ चैत्र २४ गतेदेखि कहिले एक्लै र कहिले अन्य पक्षहरूसँग संयुक्त भएर राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित तात्कालीन मागहरू पूरा गराउन विभिन्न प्रकारका संघर्षहरू गर्दै आएको छ । तर विभिन्न समयमा बनेका सरकारले ती मागहरू पूरा गर्नुको सट्टा उल्टै आन्दोलनकारीहरूमाथि भीषण दमन गर्ने र सयौं जनाको ज्यान लिने काम गर्दै आए, जसको सबभन्दा ना·ो रूप केही महिना पहिले रोल्पामा भएको सशस्त्र प्रहरी अपरेशनमा देखापर्‍यो । यसै सन्दर्भमा कतिपय हामीले पहिलेदेखि उठाउँदै आएका र कतिपय तात्कालीन सन्दर्भमा अत्यावश्यक हुन गएका राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित मागहरू वर्तमान गठबन्धन सरकारसमक्ष पुनः एकपटक निम्नबमोजिम प्रस्तुत गरेका छौं ।

हाम्रा मागहरू

-क) राष्ट्रियतासँग सम्बन्धित मागहरू

१. सन् १९५० को नेपाल-भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गरिनुपर्छ ।

२. राष्ट्रघाती टनकपुर सम्झौतालाई ढाकछोप गर्न र नेपालको सम्पूर्ण जलसम्पदामाथि भारतीय विस्तारवादलाई एकाधिकार सुम्पन २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकोले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ ।

३. नेपाल भारत खुल्ला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ । नेपालभित्र भारतीय नम्बर प्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनुपर्छ ।

४. गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ ।

५. नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनुपर्दा 'वर्क परमीट’ प्रथा लागू गरिनुपर्छ ।

६. नेपालको उद्योगधन्दा, व्यापार र वित्तीय क्षेत्रमा विदेशी एकाधिकार पुँजीको आधिपत्य अन्त्य गरिनुपर्छ ।

७. आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ ।

८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडिओ र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ ।

९. एन.जी.ओ./आई.एन.जी.ओ. आदिको नाउँमा देशभित्र साम्राज्यवादी/ विस्तारवादी घूसपैठको अन्त्य गरिनुपर्छ ।

-ख) जनतन्त्रसँग सम्बन्धित मागहरू

१०. जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निम्ति चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ ।

११. राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ ।

१२. सेना, प्रहरी, प्रशासन पूर्ण रूपले जनताको नियन्त्रणमा हुनुपर्छ ।

१३. सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ ।

१४. राजनीतिक प्रतिशोधका कारणले झुट्टा मुद्दामा फसाइएका रुकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछाप लगायतका जिल्लाहरूका सम्पूर्ण बन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुट्टा मुद्दाहरू खारेज गरिनुपर्छ ।

१५. जिल्ला जिल्लामा भइरहेको सशस्त्र प्रहरी अप्रेसन, दमन र राज्य आतंक तुरुन्त बन्द गरिनुपर्छ ।

१६. विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानबिन गरी अपराधीहरूलाई कडा कारबाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रधान गरिनुपर्छ ।

१७. जन-आन्दोलनको क्रममा मारिएकाहरूलाई सहिद घोषणा गरिनुपर्छ, सहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारबाही गरिनुपर्छ ।

१८. नेपाललाई धर्म-निरपेक्ष राज्य घोषित गरिनुपर्छ ।

१९. महिलामाथिको पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ । छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिइनुपर्छ ।

२०. सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ । जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ ।

२१. दलितहरूमाथि भेदभाव अन्त्य गरिनुपर्छ । छुवाछूत प्रथा पूर्ण रूपले बन्द गरिनुपर्छ ।

२२. सबै भाषा-भाषीहरूलाई समान अवसर र सुविधा दिइनुपर्छ । उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्छ ।

२३. वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेन्टी हुनुपर्छ । सरकारी सञ्चार माध्यमहरू पूर्ण रूपले स्वायत्त हुनुपर्छ ।

२४. बुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिक कर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्छ ।

२५. पहाड र तराईको क्षेत्रीय भेदभावको अन्त्य गरिनुपर्छ । पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ । गाउँ र सहरबीच सन्तुलन कायम गरिनुपर्छ ।

२६. स्थानीय निकायहरूलाई अधिकार र साधन सम्पन्न बनाइनुपर्छ ।

 

-ग) जनजीविकाको प्रश्नसँग सम्बन्धित मागहरू

२७. जमिन जोत्नेको हुनुपर्छ । सामन्तहरूको जमिन जफत गरेर भूमिहीन तथा सुकुम्बासीहरूमा वितरण गरिनुपर्छ ।

२८. दलाल तथा नोकरशाही पुँजीपतिहरूको सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनुपर्छ । अनुत्पादक क्षेत्रमा अल्भिmएको पुँजीलाई औद्योगिकीकरणमा लगाउनुपर्छ ।

२९. सबैलाई रोजगारीको ग्यारेन्टी गरिनुपर्छ । रोजगारी नपाउन्जेल बेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ ।

३०. उद्योग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको न्यूनतम ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ ।

३१. सुकुम्वासीहरूलाई बसोबासको उचित व्यवस्था गरिनुपर्छ । वैकल्पिक बसोबासको व्यवस्था नगरी सुकुम्बासीहरूलाई उठीबास गर्ने काम तुरुन्त बन्द गरिनुपर्छ ।

३२. गरीब किसानहरूलाई पूर्ण रूपले ऋण मुक्त गरिनुपर्छ । कृषि विकास बैंकबाट साना किसानहरूले लिएको ऋण मिनाहा गरिनुपर्छ । साना उद्योगीहरूलाई समुचित कर्जाको व्यवस्था गरिनुपर्छ ।

३३. मल, बीउ सस्तो र सुलभ हुनुपर्छ । किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिनुपर्छ ।

३४. बाढी पीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको व्यवस्था गरिनुपर्छ ।

३५. सबैलाई निःशुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको व्यवस्था गरिनुपर्छ । शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ ।

३६. महँगी नियन्त्रण गरिनुपर्छ । महँगीको अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ र दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने व्यवस्था गरिनुपर्छ ।

३७. गाउँगाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको व्यवस्था गरिनुपर्छ ।

३८. कुटीर तथा साना उद्योगहरूलाई विशेष सहुलियत र संरक्षण दिइनुपर्छ ।

३९. भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ ।

४०. अनाथ, अपा·, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको व्यवस्था गरिनुपर्छ ।

नेपाली राष्ट्र र जनताको जीवनसाग अत्यावश्यक रूपले जोडिएका उपरोक्त मागहरू यथाशीघ्र पूरा गर्नेतर्फ पहल गरियोस् भन्ने वर्तमान गठबन्धन सरकारसमक्ष हाम्रो हार्दिक आग्रह छ । आगामी २०५२ फागुन ५ गते सम्म सरकारको तर्फबाट यसबारे कुनै सकारात्मक पहल नभएमा हामी विद्यमान राज्यसत्ताको विरोधमा सशक्त संघर्षको बाटोमा उत्रन बाध्य हुनुपर्ने जानकारी पनि गराउन चाहन्छौं ।

धन्यवाद

डा. बाबुराम भट्टराई

अध्यक्ष

केन्द्रीय समिति, संयुक्त जनमोर्चा, नेपाल

 

 

 
 
 
आफ्नो प्रतिक्रिया पठाउनुहोस्
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
 
प्राप्त प्रतिक्रियाहरु ( 23 )
 
dr hari dawadi  [From: simjung 4 gorkha] Says:
 
 
DR sayab tapaiko varosama nepalko bikash raheko chha tapaiko sathama janta chana tesaile tapai khutta nakamaunu hos la . tapai bina nepal ko bikas 10 years pachhi parcha
 

 
dr hari dawadi  [From: simjung 4 gorkha] Says:
 
 
DR sayab tapaiko varosama nepalko bikash raheko chha tapaiko sathama janta chana tesaile tapai khutta nakamaunu hos la . tapai bina nepal ko bikas 10 years pachhi parcha
 

 
Bhandari  [From: kadhaghari kathmandu] Says:
 
 
namaste tapaiko thinking power dekhera malai jadai khusi lagyo
 

 
Ram Krishna Khadka  [From: ] Says:
 
 
बाबुराम जि तपाईं जहाँ भय पनि तुरुन्त तपाईं को २०५२ माघ २१ गते का तपाईं को माघ हरु मध्य १,२,३,२३,२५,२९,३७ पढ्नुस् । धन्यवाद
 

 
Geli Sherpa  [From: Khimti 60mw hydro power plant] Says:
 
 
Tamai haru le afno sapana sakar parna arthik karnti garnu nai parchha jasko sabai bhanda thulo adhar bhaneko Hydro electricity power production garera nepal tatha bharat lai bechnu parchha second bhaneko paryatan bikas ra karntikari kirshi niyam lagu garna bhumi byabasthapan garnu parchha comred go a head
 

 
Mirak  [From: Dharan] Says:
 
 
Dear sir, Tapaiko partyle jun mag ko adhar ma janayudda garyo tyo sahi chha vanera Nepali janatale tapailai sath diye. Ra Das barsama 14 hajarle balidan pani gare. tara aja samma pani ti madhye dherai mag haru pura vayekachhainan. Ahile tapaiharu sarkar ma hunuhunchha . Kehi magaharuko barema yo sarkarle kadam chaleko pani dekhinchha. Tara pani aja samma yi magaharubare kunai pani janatale mahasus garnegari pura bhaeko chhaina . Aru ko sarkar huda garekar huda pura garena vanera udha suru garne tapaile aafai sarkarma huda samet yo kam garnu saknuvayeko chhaina. Sarkar gathan lagattai ko Bharat Vraman ko kram ma pm le Purana sandhi ko barema kura uthunu bhaye pani tyasko pragati bare ahile kehi charcha chaina. Nepali janatako dimag ma auta prasna chha yo prakriya kaha pugyo? k sohi mag liyer arko samuhale andolen garnuparne din ta audaina?
 

 
bibek  [From: baglung] Says:
 
 
१. सन् १९५० को नेपाल-भारत सन्धि लगायतका सम्पूर्ण असमान सन्धि, सम्झौताहरू खारेज गरिनुपर्छ । २. राष्ट्रघाती टनकपुर सम्झौतालाई ढाकछोप गर्न र नेपालको सम्पूर्ण जलसम्पदामाथि भारतीय विस्तारवादलाई एकाधिकार सुम्पन २०५२ माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धि अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकोले उक्त सन्धि तत्काल खारेज गरिनुपर्छ । maathi diyaka taत@पैहरुले देउपा सरकारको पालमा दिनु भयको ४० सुत्रि माग आउचित्या आज पनि देख्नु हुन्छ कि हुन्न र सान्दर्भिकता देख्नु हुन छ भने त्यो प्रकृया तपाईंहरु सत्ता मा पुगे पछी कहाँ पुगेको छ बताइदिनुहुन्छ कि ;
 

 
योगेन्द्र निरौल&  [From: सुन्सरी इटहरी ] Says:
 
 
डा. बाबुराम जि लाल सलाम तपाईंको कार्यकाल्मा नेपाली जनताहरुले निकैठुल्ओ आश गरेकछन त्यसकारण जनाटकओ आशलाई निराशमा परिणत् गर्ने काम गरेर आफ्नु बद्णम नकमाउनु हुन तपाईंको शुभेक्षक को हैसियत ले अनुरोध गर्दछु |
 

 
योगेन्द्र निरौल&  [From: सुन्सरी इटहरी ] Says:
 
 
डा. बाबुराम जि लाल सलाम तपाईंको कार्यकाल्मा नेपाली जनताहरुले निकैठुल्ओ आश गरेकछन त्यसकारण जनाटकओ आशलाई निराशमा परिणत् गर्ने काम गरेर आफ्नु बद्णम नकमाउनु हुन तपाईंको शुभेक्षक को हैसियत ले अनुरोध गर्दछु |
 

 
K KC  [From: Chitwan] Says:
 
 
बाबुरामजी, १० औ बर्ष पहिले राखिएको मागहरु आज तपाईं सम्मिलित सरकारले गर्न खोजिएको जस्तो लाग्छ । उक्क्त मागहरु र तपाईं को हाल का योजनाहरु उपयुक्त पनि होला । तर तपाईंको पार्टी भित्रको बिबाद र सरकारको बैमनि पाराले के यो सम्भब होला ? सरकारको बैमनि पारा भन्नाले वाइसीएल का गुण्डाहरु, सरकारको अल्छिपना आदी / जवाफ चाहन्छु ।
 

 
anil ghimire  [From: khotang] Says:
 
 
dear sir i am also victim family , ma new nepal ban6 bhaner aasabadi 6u kina ki kehi thorai bhaye ni sudar bhayeko dekhin6 tara yo hidai le 40 buden ma pugn hard hune hoki? jagga kabja gareko sukumbasi lai provide garnu paryo ni
 

 
मूक्ति नेपाली  [From: ओहायो, अमेरिका] Says:
 
 
लाल सलाम डा भट्टराइ, ती चालिस बुँदे हरेक माग पुरा गर्न म माग गर्दछु। नेपाललाइ गणतन्त्र बनाउने कुरामा नेकपा माओबादीको योगदान अतुलनिय छ। जनआन्दोलनपछि गणतान्त्रिक नेपालको जननिर्वाचित सरकारको नेतृत्व नेकपा माओबादीले गरेको सुखद क्षण छ। उत्तमजीको खुला पत्र त पढिहाल्नु भो होला। मेरो पत्रप्रति ऐक्यबद्दता छ। जनताले बगाएको रगत, र दिएको विस्वास भारी नपरोस् भन्ने शुभकामना छ। तर सरकारमा जाने, अनि काम गर्न पाइएन भन्ने कुरा आएर अरुको टाउकोमा दोष थोपर्ने हो भने नेपाल र नेपालीले के संझने? नेपाली जनताको एक बुँदे माग छ: ती चालिस बूँदे माग एक एक गरी पूरा गरिउन्। के नेपाली जनतालाइ जानकारी गराउन सक्नुहुन्छ, कुन कुन मागकोबारेमा के के भइराखेको छ र कहिले पुरा हुन्छन्? मुके
 

 
nandu  [From: doha qatar] Says:
 
 
बाबुराम sir तपाईं ले गर्नु vaaeko प्रयास सहरानिय छ केही हद सम्म तपाईं ले पुरा गर्नु वाको छ । आशा छ निकट बविश्यमा पुरा हुने आश मा छौ ।हमी तपाईं लाई सक्दो मद्घत गर्ने छौ ।बेस्ट अफ लक नन्दु दोहा कतार
 

 
priani Regmi  [From: babarmahal] Says:
 
 
Baburam ji namaskar tapaiko webside herda khusi lagyu naya nepal banawoni kura narama matra simit bhayeko huda kata kata ke namileko jasto lagchha. ani aja maobadiko sarkar chha. jantale kasari herni bhanni vision dekhiyen
 

 
shreeraj bhandari  [From: hatiya 7 makawanpur] Says:
 
 
vanaya ko jati garna garo chha hai
 

 
hari pandey  [From: kathmandu] Says:
 
 
baburam ji namaskar ahile ta tapai haru sarkar ma hunu hunchha ra tapai ta finance minister pani hunu hunchha 40 wata maga haru madhhe tapai le kati wota maga haru pura garnu bhayo??bahira basera halla garna ra sarkar chalauna kati garo raichha?? i am waiting for reply
 

 
Tara Mangol  [From: Doha, Qatar.] Says:
 
 
All these demands are very eye catching and impressive, now the ball is on the court of Maoist government to fulfil their own deamands. It is always easy to raise demands but very difficult to change into reality. Our prime minsiter already said that it was easy to fight gurilla war rather than run the government. Everybody knows it. Anyway, this government should focus on working for people and in this regards, everybody should help the government. It is really embarassing that those involved in the government are also behaving just like the party on the opposition bench. Everybody should be united to work for our nation. We have been one of the poorest nations in the world, please let's think of this and work together. But very sure thing is that Maoist will never be successful in running the country if it does not gurantee freedom of speech, multi party democracy, parliamentary system, freedom of press, Independent Judiciary, and Individual Freedom. Dr. Bhattarai should think of this. No body likes to go to the totallitearianism and one party controlled state. Why don't we adopt good policies of every kind of government system from communism to capitalism? Is it not possible?
 

 
K P Shreekhanda  [From: Deira Dubai] Says:
 
 
tapai le rakhnu bhayeko maagh jastai ahile ko din ma tapai ko sarkar samachya rakhine aru haru ko magh pani suni dinosh ta ki arule pani aaune din ma tapai ko parti le jastai arko 10 barsa yudda garna naparosh, arko kura tapai ko parti ma saitan lai chinnush ta ki tapai lai aghadi badhna sajilo hune chha ki ta bidroha garnush jit tapai kai hune chha nepali janata pani tapai ko sathma chha.
 

 
Ram Sharan Bartaula  [From: chitwan. kumroj - 7] Says:
 
 
आदर्णीय दाजु जयनेपाल (लाल सलाम) शर्बप्रथम गणतान्त्रिक नेपालको पहिलो अर्थपूर्ण अर्थमन्त्री भएकोमा हजुरकै वेब साईट बाट धन्यवाद दिन पाउद म आभारी छु । मैले हजुरहरुको सरकारको १०० दीनको अबलोकहन र मुल्न्यकन पत्र पत्रीका बाट धेरै पढ्नेअबस्र पए। सम्पूर्ण कामको को समिछा गर्दा धेरै राम्रा काम हरु भाईरकोपाए । कती कामको कार्ययोजना हरुपनी राम्रै आएकोछ। तर ईहानिर चीतनबुज्दोकुरचही के हो भने हजुहरुले नै पहीलो प्राथमिकतमा उठायको बुदा (क) राष्ट्रिय शँग सब्न्धिथ कुराहरु को बारेमा भने कत्तैबाट पनि नउठेको सुन्दा तपाईंहरुलेनै उठाउनु भएको महतोपूर्ण बुदा, अनी एहिबुदाको मधेनजर गरेर मजस्ता लाखौं young नेपाली हरु तपाईंहरुको पार्टी को पछीलाग्गेकाछन, मलाई लाग्छ तपाईंहरुले योकुरा राम्रो सँग बूज्नुभाकोछ। अहिले टोल टोल मा एही (?) को उतर खोजिमा छन नेपाली जनताहरु हामीलाई आशा छ तपाईंको पार्टिले उठाएको मुधालाई पुरागर्न फेरी नेपाली जनताले अर्को पार्टिको शहरअलिएर बन्दुक उठाउने बाधेता नाअोस भन र तपाईंलाई सजक्ता बनाउनचान्छु। मैलेर मजस्तो हजारौं नेपाली सोरोता र तपाईंको शुब्चीन्तक् हरुले एही वेब्शाइड मार्फद एस्को उतर को प्रतिक्छा मा बसेकाछौ धन्यवाद. राम शरण बर्तौला, कुम्रोज - 7 चितवन हाल ईराक
 

 
prakash baral  [From: LEKHNATH -8,SHISHUWA,KASKI] Says:
 
 
daananay ser bdr jii yetii magg panii pura garna naskearaa ? aa ytro 10 barse jana yudda garna paryoo aa kati maere kati bidhawa aaa katii tuhra huna pugeea ?aa feri pani tari lagayat purbi area ma yesti magg haru rakarr aa andolan vairakayachaa tesi lee ti i maa kaa baremea panii samayami pura gariyyos
 

 
prakash baral  [From: LEKHNATH -8,SHISHUWA,KASKI] Says:
 
 
daananay ser bdr jii yetii magg panii pura garna naskearaa ? aa ytro 10 barse jana yudda garna paryoo aa kati maere kati bidhawa aaa katii tuhra huna pugeea ?aa feri pani tari lagayat purbi area ma yesti magg haru rakarr aa andolan vairakayachaa tesi lee ti i maa kaa baremea panii samayami pura gariyyos
 

 
Krishna Karki  [From: Washing Tharpu-Bhojpur (Doha-Qatar)] Says:
 
 
Respected Sir, Dr. Baburam, congratulates on this occasion what you have done in history & hearties greeting and best wishes for your future and may joy happiness and prosperity bless.(Krishna Karki - Doha-Qatar)
 

 
Krishna Karki  [From: Washing Tharpu-Bhojpur (Doha-Qatar)] Says:
 
 
Respected Sir, Dr. Baburam, congratulates on this occasion what you have done in history & hearties greeting and best wishes for your future and may joy happiness and prosperity bless.(Krishna Karki - Doha-Qatar)
 
अन्य दस्तावेज
संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालको न्यूनतम साझा नीति तथा कार्यक्रम
नेकपा माओवादीद्वारा प्रस्तावित अन्तरिम संबिधानको मस्यौदा
नेकपा माओवादी र सरकारवीच भएको शान्ति सम्झौता
संबिधानसभा चुनावमा नेकपा माओवादीको प्रतिबद्धता पत्र
सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति
पार्टी हेडक्वाटरमा पेश गरिएको १३ बुँदे फरकमतको दस्तावेज
तात्कालीन 'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
दोस्रो चरणको वार्तामा ने.क.पा. (माओवादी) को तर्फबाट प्रस्तुत प्रस्तावको सारसंक्षेप
नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौता
ऐतिहासिक शिखर बैठकको निर्णय
पार्टी हेडक्वाटरसमक्ष पेश गरिएको चारबुँदे फरकमत

प्रतिक्रिया पठाउनुहोस् | मलाई सम्पर्क गर्नुहोस्

© baburambhattarai.com, 2009. All rights reserved.
यो साइट हाल निर्माणाधीन र प्रयोगात्मक चरणमा रहेको छ । त्यसैले प्राविधिक र सामग्रीगत रुपमा पनि
यो प्रारम्भिक अवस्था र प्रयोगात्मक (Testing) चरणमा रहेको छ । आगामी केही हप्ताभित्र यो नयाँ र
पूर्णरुपमा अपलोड गरिसकिने व्यवहोरा जानकारीको लागि अनुरोध छ ।