डा. बाबुराम भट्टराई संघीय गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुनुहुन्छ । २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि उहाँ मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । एकीकृत नेकपा माओवादीका उपाध्यक्षसमेत रहनुभएका भट्टराई यसअघि २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठितसरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । क्षेत्रीय बिकाशमा बिद्याबारिधि गरेका र इतिहासकै सफल अर्थमन्त्रीका रुपमा दरिएका भट्टराईबाट धेरैले नयाँ नेपालको रेखा कोरिने आशा गरेका छन् ।
इमान्दार र वौद्धिक राजनीतिकर्मीको छवि बनाएका भट्टराईलाई माओवादी आन्दोलनको योजनाकार र शान्तिप्रकृयाको सुत्रधारका रुपमा चिनिन्छ । राष्ट्रिय सहमतिका आधारमा शान्ति प्रकृयालाई पुरा गर्दै जनताका पक्षमा अग्रगामी संबिधान बनाउने र तिब्र आर्थिक बिकाश गरि नेपाललाई बिकशित राष्ट्रको सूचीमा पुर्‍याउने आफ्नो लक्ष्य हासिल गर्न प्रधानमन्त्री भट्टराई दृढ हुनुहुन्छ । बाँकी अंश

अपडेट

ग्यासमा विद्यार्थी र विपन्न परिवारका लागि ३३ प्रतिशत छुट

२९ माघ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यार्थी र विपन्न परिवारका लागि ग्यास तथा डिजेलमा ३३ प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ ।

आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना

 डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस

सुशासन कार्ययोजना, २०६८

डाउनलोड गर्न यहाँ क्लीक गर्नुहोस

JOINT STATEMENT BETWEEN NEPAL AND THE PEOPLE'S REPUBLIC OF CHINA

Click here for full statement

सम्पर्क

प्रधानमन्त्रीको निजी सचिवालय

फोन: ०१४२११०९६,९८४१४९३६८७
इमेल: press@baburambhattarai.com