काठमाडौं, २२ कात्तिक । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विहारका मुख्यमन्त्री नितिशकुमारलाई टेलिफोन गरी विहार विधानसभा निर्वाचनमा उहाँ, उहाँको पार्टी र गठबन्धनले पाएको सफलताप्रति वधाइ र आगामी कार्यकालको पूर्ण सफलताको अग्रिम शुभ–कामना दिनुभएको छ । बधाई र शुभ–कामनाका साथै पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपाल–भारत (मूख्यत: विहार) सीमामा भारतीय पक्षका कारण सिर्जित समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गर्नुभयो । जवाफमा नितिशकुमारले यतिञ्जेल आफूले निर्वाचनमा केन्द्रित हुँदा नेपाल–भारत सीमानामा देखिएको समस्याप्रति ध्यान दिन नपाएको भन्दै अब सीमामा देखिएको समस्या समाधानका लागि पहल लिने बताउनुभयो ।