सौगात पोखरेल
नयाँ शक्ति निर्माण अभियानको एक अभियान्ता हुनुको नाताले नयाँ शक्तिले धौलागिरी अञ्चलमा बाग्लुङ,म्याग्दी र पर्वतको पहिलो चरणको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनका लागि पोखराबाट धौलागिरी तिरको यात्रा तय गरियो । यात्रामा नयाँ शक्ति निर्माण अभियानका संयोजक डा.बाबुराम भट्टराई, अभियान्ताहरु देबेन्द्र पौडेल, देबेन्द्र पराजुली लगायताका अन्य अभियान्ताहरुको सहभागिता थियो । २० गते १ बजेका लागि पर्वतको म्याग्दीमा तय भएको कार्यक्रममा सहभागीताको लागि जाने क्रममा लुम्लेमा नयाँ शक्ति निर्माण कसरी गर्न सकिन्छ भनेर जनतासँग सुझाब लिए । जनताले यो माओबादीकै अर्को रुप बन्छ कि भन्ने आशंका गर्दै गरेको प्रश्नलाई जवाफ दिँदै उनले भने–‘नयाँ शक्ति माओबादी आन्दोलनको अर्को चोईटा होईन बरु अहिले सम्मका सबै राजनितीक बिचारहरुको संगठित रुप हो । यहाँ पुर्व माओबादीका भन्दा बढी साथीहरु अन्य दल र स्वतन्त्रता पुर्वक आउनु भएको छ । हामीले साथीहरुलाई भनेका छौँ अहिलेसम्म आँफुले अनुसरण गरेको दर्शनलाई ढोका बाहिर राखेर मात्र नयाँ शक्तिमा प्रबेश गर्नुपर्नेछ ।’ कार्यक्रमसँगै भट्टराई रोटी र साग खाएर पर्बततिर हानिए । नयाँपुल पुग्दासम्म पिचबाटो भत्किएको हो कि कच्ची बाटोलाई बिचबिचमा पिच गरिएको हो ,मेसो पाउन सकिएन ।
कुश्मामा आयोजित अन्तरक्रिया
पर्वतको उद्योग बाणीज्य संघको हलमा खचाखच भरिएका जनताले बाबुरामलाई बिभिन्न प्रकारका प्रश्न गरे , उनले प्रश्नहरुको उत्तर दिँदै गए । यहि क्रममा एक सहभागी बाबुराम भट्टराईलाई यस्तो प्रश्न गरे–‘तँपाईका श्रीमतीले त करौडौँको सम्पती कमाउनु भएको छ रे त ?’ यहि प्रश्नबाट धेरै ठाँउमा आजित भएका बाबुरामले धैर्यतापुर्वक यसरी जवाफ दिए –‘यदि उनले भष्ट्रचार गरेको प्रमाण छ भने तँपाईहरुले अख्तियार अनुसन्धान आयोगमा उजुरी हाल्नुस । त्यसपछि छानविन होला ,उनलाई अख्तियारले दोषी ठर्याएर कारबाहि भयो भने मलाई कुनै आपत्ती हुँदैन । ’करिव ५० जनाले सोधेरेको प्रश्नको उत्तरपश्चात कार्यक्रम सकेर आन्तरिक भेटघाटमा उनि कुश्माको बन्दना होटलमा पुगे । उनले पुर्व एमाओबादीका अभियान्ताहरुलाई भने–‘हामीले नयाँ शक्तिलाई माओबादी आन्दोलनको चोईटा बनाउन लागेको होईन । त्यसैले तँपाईहरु पनि अपग्रेड हुन जरुरी छ । हाम्रो स्कुलिङ भन्दा बाहिरबाट आएका साथीहरुको बहुमत सहभागीताबाट मात्र साँच्चैको नयाँ शक्ति बन्छ । नयाँ शक्ति नितान्त नयाँ चरणमा छ । यहाँ पुरानो सिनिएर जुनिएर हिसाव किताब नगर्नुस । जसले राष्ट्र निर्माणमा निस्वार्थ भावले दृढ भएर लाग्छ त्यहि नेता बन्छ । हामीले पहिलाई पुराना मानसिकताका भत्काउन जरुरी छ । अनि मात्र नयाँ शक्ति बन्छ । ’ उनको कुरा सुनेपछि पछाडी रहेका एमाओबादी पुर्वकार्यकर्ता तथा अहिले एक अभियान्ताले भने–‘हामीमा मात्र रहेछ पुरानो ह्याङ त बुढा त पुरा नयाँ बनिसकेछन् । ’ साँझ ६ बजे बन्दना होटलमा भएको छलफल पश्चात हामी मालढुङ्गा हुँदै कच्ची बाटो भएर बुडाचौरको खेलकुद मैदानको सिलन्यासको लागि उफ्रिदै केहिबेरको उकालो पश्चात आरोलो झरेर बुडाचौर पुगियो ।यात्रामा सहभागी युवाहरु थाकेर लखतरान हँुदा पनि बाबुराममा कुनै थकान भेटिएन । बिहान खाएको दुईरोटी र सागको भरमा उनि दौडिरहेका थिए । उनको स्वागातार्थ चौरभरी बसेका जनसमुदायलाई सम्बोधन गरेर उनि खेलकुद मैदानको उद्घाटनतर्फ लागे । बुडाचौरको कार्यक्रम हेर्दा यस्तो लाग्थ्यो कि अझै पनि बाबुरामसँग जनताको ठुलो आश बाँकि छ । त्यसपछि करिव ८ बजे बुडाचौरबाट धुले कच्चिबाटो हुँदे म्याग्दीको बेनितिर झरीयो । २१ गते बेनीमा नयाँ शक्ति निर्माण अभियानले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । दिनभरको थकाईपश्चात पनि उनको भेटघाटको सेडुल रातीको ११ बजेसम्म थियो । भेटघाटपश्चात खाना खाएर उनि आफ्नो कोठातिर लागे । यो उमेरमा उनको क्रियाशिलता देखेर यात्रामा सहभागीहरुले खुब तारिफ गरेका थिए ।
बाग्लुंगमा धौलागिरी बहिरा आवासीय माध्यमिक विद्यालयकी ९ कक्षामा पढ्ने बहिरा छात्रा तारा शर्माले बनाएको सुन्दर पेन्टिंग ग्रहण गर्दै!
एघार बजे सुतेका उनको भेटको सेडुल फेरी छ बजेबाट थियो । छ बजेदेखि बेनीका उद्योगी ब्यापारी ,ब्यावसायी ,बुद्धिजिवीहरुसँगको भेटघाटमा १० बज्यो । अनि दुईवटा रोटी र साग टिपेर उनि बसेको होटलबाट हिडेर कार्यक्रम स्थलसम्म पुगेका थिए । त्यहाँको अन्तरक्रिया सहभागी भएर फेरी कच्ची रेडमा धुलो उडाउदै उनि नयाँ शक्ति निर्माण अभियान बाग्लुङले त्यहि दिनको १ बजे आयोजना कार्यक्रममा सहभागी हुनका लागि बाग्लुङ बजार पुगेका थिए । त्यहाँको अन्तरक्रिया पश्चातको केहि भेटघाटपछि साँझको ६ बजे गाडी बाग्लुङबाट तल हानियो । बाटोमा बहिरा बिद्यालयमा पसेर बहिरा बिद्यार्थीहरुसँग छलफल सकेर पोखरा हानिए । ९ बजे पोखरा आएका भट्टराईसँग पोखरामा पनि ११ बजेसम्म भेटघाटको सेडुल बनेको थियो । बिहान ७ बजे देखि फेरी ब्यस्त रहेका भट्टराईले पत्रकार सम्मेलन सकेर ब्याबसायीसँगको अन्तरक्रिया गरेपश्चात उनि काठमाडौँ हानिए ।
नयाँ शक्ति निर्माण अभियानमा पुरानै मान्छेले कसरी नयाँ शक्ति बन्छ भन्नेहरुलाई बाबुरामको शक्रियताले ठुलो झापड दिएको छ । उनले पुराना पार्टीका कार्यकर्तालाई नि नयाँ साथीहरुलाई अगाडी बढाउनुस भन्दा नयाँ युवाहरुमा नयाँ जोस पैदा भएको छ । उनले भनेजस्तै मान्छे नयाँ हैन काम र योजना नयाँ भयो भने नयाँ शक्ति साँच्चैको नयाँ बन्ने कुरामा कुनै दुईमत छैन ।
साभार: आदर्श नेपाल दैनिक