• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

डा. बाबुराम भट्टराईविरुद्धको अदालतको मानहानीको मुद्दा खारेज

२० भदौ २०७३
  •  share
  •  share

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमहान्यायाधिवक्ता मुक्तिनारायण प्रधानविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अपहेलनासम्बन्धी मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाशीश सुशीला कार्की र वरिष्ठ न्यायाधीश गोपाल पराजुलीसमेतको पूर्ण इजालासले भट्टराई र प्रधानविरुद्ध सर्वोच्चमा दायर गरिएको उक्त अपहेलनाको मुद्दा खारेज गरेको हो ।

पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईलाई समेत विपक्षी बनाई नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशनका तर्फबाट कोमलप्रसाद इटनीले अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।

पत्रकार थापाको हत्या आरोपमा माओवादी कार्यकर्ता पक्राउ परेपछि तत्कालीन महान्यायाधिवक्ता प्रधानले अनुसन्धान रोक्न निर्देशन दिनुभएको थियो । द्वन्द्वकालको मुद्दा बृहद शान्ति सम्झौताका प्रावधानका आधारमा र सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग मार्फत नै समाधान हुने भन्दै प्रधानले उक्त निर्देशन दिनुभएको हो ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क