• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

एकअर्कामा शंका भए सर्वदलीय चुनावी सरकार बनाउन सकिन्छ : संयोजक भट्टराई

२६ माघ २०७३
  •  share
  •  share

हेटौंडा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले दलहरुलाई एकअर्कामा शंका भए निर्वाचनको निष्पक्षताका लागि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सकिने बताउनुभएको छ ।  प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार भेटघाटमा उहाँले ठूला दलहरु आफ्नै नेतृत्वमा चुनाव गर्ने रणनीतिमा रहेकाले संक्रमणकाल लम्बिएको उल्लेख गर्दै च्याँखे थाप्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधनविना निर्वाचन भए देशमा अर्को गतिरोध र तनाव सिर्जना हुने बताउँदै यस्तो बाटोतर्फ नलाग्न दलहरुलाई सुझाव दिनुभयो ।

तीन तहको निर्वाचनका लागि दलहरुबीच न्यूनतम सहमति जरुरी रहेको उहाँको भनाई छ । भट्टराईले संविधान संशोधन नभई निर्वाचन असम्भव रहेकाले यसका लागि दलहरुबीच न्यूनतम सहमति आवश्यक रहेको बताउनुभयो । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीले मात्रै राजनैतिक समस्या अन्त्य गर्ने भएकाले संशोधनका क्रममा यसलाई पनि समेट्नुपर्ने उहाँको भनाई थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले आफूले पटक–पटक ठूला दललाई संविधान संशोधन र निर्वाचनका लागि सुझाव दिएपनि उनीहरु पार्टीगत स्वार्थमा अल्झिएको आरोप लगाउनुभयो । कार्यक्रममा केन्द्रीय सहसंयोजक रामचन्द्र झा, जिल्ला संयोजक प्रल्हाद लामिछाने, केन्द्रीय कार्यकारी सदस्य एवं मकवानपुर उत्प्रेरक सविना अर्याल लगायतको उपस्थिति थियो ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क