• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न प्रधानमन्त्रीलाई संयोजक भट्टराईको आग्रह

२९ माघ २०७३
  •  share
  •  share

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अहिलेको राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर संयोजक भट्टराईले संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुन:संरचना र निर्वाचनबारेको गतिरोध चाँडो अन्त्य गर्न आग्रह गर्नुभएको हो । जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले सबै कुरा टुंग्याउन खोजे पनि केही जटीलताहरुले गर्दा आफू अप्ठेरोमा परेको बताउनुभयो ।

संयोजक भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै मुआब्जा बढाउन गरेको मागका बारेमा पनि सम्बोधन गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी बृहत्तर जनकपुरको विकास लगायतका माग राखी नयाँ शक्ति पार्टी, नेपालका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनले आमरण अनशन बसेको आज १०औं दिन भइसक्दा पनि राज्यपक्षबाट बेवास्ता भएकोले उहाँहरुका माग छिटो सम्बोधन गर्न पनि संयोजक भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क