• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

संयोजक भट्टराई भारत जानुहुँदै

१ चैत २०७३
  •  share
  •  share

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाँदै हुनुहुन्छ । आज दिउँसो ३:३० बजे उहाँ दिल्ली प्रस्थान गर्नुहुनेछ ।

उहाँले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) १५ मार्चमा सम्बोधन गर्नुहुनेछ । उहाँले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुहुनेछ ।

त्यस्तै १९ मार्चमा उहाँ नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसैगरी उहाँले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नुहुनेछ ।

साथै उहाँले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नुहुनेछ । उहाँ २१ मार्च विहान नेपाल फर्कनुहुनेछ ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क