• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

कतारमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन पूर्वप्रधानमन्त्री भट्टराईद्वारा सरकारको ध्यानाकर्षण

२३ जेठ २०७४
  •  share
  •  share

काठमाडौं । साउदी अरबलगायत सात देशले कतारसँग अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कतारमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान पुर्‍याउन नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

‘चार लाख भन्दा बढी नेपाली कामदारहरू रहेको मुलुक कतारसँग साउदी अरेबिया लगायतका अन्य अरब मुलुकहरूले अकस्मात् कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे हामी सबैलाई चिन्ता लाग्नु स्वाभाविक भएको छ’, उहाँले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘नेपाल सरकारले यस घटनाको राम्रो अनुगमन गरोस् र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र हकहितकानिम्ति विशेष तदारूकतासाथ काम गरोस् ।’ उहाँले रोजगारीको खोजीमा विदेशिन वाध्य सबै नेपाली नागरिकहरूसँग पूर्ण ऐक्यवद्धता रहेको पनि उल्लेख गर्नुभएको छ ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क