• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

संयोजक भट्टराई अमेरिका भ्रमणमा जानुहुँदै

२६ भदौ २०७५
  •  share
  •  share

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आज बेलुका संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । मूलत: यो भ्रमण उहाँले अध्ययनको उद्देश्यसाथ गर्न लाग्नुभएको हो ।

उहाँले यो भ्रमण मुख्यत: केही प्रश्नहरुका साथ गर्दै हुनुहुन्छ – विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवाद/साम्यवाद दुबै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ ? के यो २१ औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ ? नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरुमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ ? नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ ? अरु विकसित देशहरुको अनुभवबाट के सिक्न सकिन्छ ? यिनै प्रश्नहरुको वरिपरि रहेर उहाँले भ्रमणका क्रममा अन्तरक्रिया गर्नुहुनेछ ।

भ्रमणका क्रममा उहाँले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध/प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्नुहुनेछ ।

उहाँको यो भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ ।

उहाँसँग भ्रमणमा पूर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी पनि हुनुहुनेछ ।

भ्रमण पूरा गरी संयोजक भट्टराई असोज २२ गते नेपालकालागि प्रस्थान गर्नुहुनेछ ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क