डा. बाबुराम भट्टराई संघीय गणतान्त्रिक नेपालका प्रधानमन्त्री हुनुहुन्छ । २०६८ साल भदौ ११ गते ब्यबस्थापिका संसदमा भएको निर्वाचनबाट बहुमत प्राप्त गरि उहाँ मुलुकको ३५ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । एकीकृत नेकपा माओवादीका उपाध्यक्षसमेत रहनुभएका भट्टराई यसअघि २०६५ सालमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठितसरकारमा अर्थमन्त्री हुनुहुन्थ्यो । क्षेत्रीय बिकाशमा बिद्याबारिधि गरेका र इतिहासकै सफल अर्थमन्त्रीका रुपमा दरिएका भट्टराईबाट धेरैले नयाँ नेपालको रेखा कोरिने आशा गरेका छन् ।
इमान्दार र वौद्धिक राजनीतिकर्मीको छवि बनाएका भट्टराईलाई माओवादी आन्दोलनको योजनाकार र शान्तिप्रकृयाको सुत्रधारका रुपमा चिनिन्छ । राष्ट्रिय सहमतिका आधारमा शान्ति प्रकृयालाई पुरा गर्दै जनताका पक्षमा अग्रगामी संबिधान बनाउने र तिब्र आर्थिक बिकाश गरि नेपाललाई बिकशित राष्ट्रको सूचीमा पुर्‍याउने आफ्नो लक्ष्य हासिल गर्न प्रधानमन्त्री भट्टराई दृढ हुनुहुन्छ । बाँकी अंश

अपडेट

संविधानसभाको म्याद १ दिन पनि थप्नुहुन्न– प्रधानमन्त्री

काठमाण्डौ, १ जेष्ठ । प्रधानमन्त्री डा. बावुराम भट्टराईले संविधानसभाको म्याद १ दिन पनि थप्न नहुने बताउनु भएको छ । विद्यार्थी एकता दिवसको अवसरमा अखिल क्रान्तिकारीले आयोजना गरेको चियापान समारोहमा बोल्दै प्रधानमन्त्री डा. भट्टराईले जेठ १४ भित्रै संविधान आउने स्पष्ट पार्नुभयो ।

वक्तव्य

आज बिहान मुस्ताङमा अग्नि एयरको विमान दुर्घटनामा परि १५ जनाको निधन र ६ जना घाइते भएको खवरले मलाई मर्माहत तुल्याएको छ ।

बाढी प्रभावित क्षेत्रको प्रधानमन्त्रीद्वारा निरिक्षण, राहतको कार्यक्रम घोषणा

कास्की, २४ बैशाख । प्रधानमन्त्री डा. बावुराम भट्टराई सहितको एक टोलिले सेति नदिमा आएको बाढी÷पहिरो प्रभावित क्षेत्रको आइतबार निरिक्षण गरेको छ ।

प्रेस वक्तव्य

आज बिहान ९:५५ बजेको समयमा कास्की जिल्ला माछापुच्छ«े गा.वि.स. वडा नं. ९ स्थित सेती नदीमा वर्षा एवं हिमपहिरोको कारणले आकस्मिक आएको बाढीले बगाई पछिल्लो जानकारी अनुसार १३ जनाको असामयिक निधन, कैयौं वेपत्ता र ठूलो धनमालको क्षति भएको दुःखद घटनाले मलाई मर्माहत तुल्याएको छ ।

सम्पर्क

प्रधानमन्त्रीको निजी सचिवालय

फोन: ०१४२११०९६,९८४१४९३६८७
इमेल: press@baburambhattarai.com