सम्पादकलाई चिठी
सम्पादकज्यू
दुई अङ्कअघिको नेपाल साप्ताहिक ‘नियुक्तिमा नातागोता’ शीर्षकमा प्रकाशित समाचाले मलाई समेत तानेकोमा आश्चर्य र दुःख लागेको छ । त्यसमा लेखिएको छ-’उनले वावुरामले आफ्नी सानीआमाका छोरा तारानाथ पाण्डेलाई प्रधानमन्त्रीको प्राविधिक सल्लाहकार वनाएका छन् ‘ यो सोह्रै आना झुटो र तथ्यहीन कुरा हो । किनकि मेरी आमा धर्मकुमारीका कुनै दिदीवहिनी नै थिएनन् । वहाँ वावु-आमाकी एकमात्र छोरी हुनुहुन्थ्यो । ‘सानीआमा’ भन्नाले चलनचल्तीको भाषामा ‘आमाकी वहिनी’ भन्ने वुझिन्छ । त्यसैले मेरी हुँदै नभएकी ’सानीआमा’ को आविष्कार किन र कसरी गरियो अचम्म लागेको छ । ’सानीआमा’ को अर्थ अरु कुनै हुने भए जान्न पाऊँ ।
साख्खै सानीआमा नभएर अरु वरपरको नाताको हो कि भन्ने हो भने पनि उल्लेखित तारानाथ पाण्डे धादिङ मलेखु निवासी कुमाइँ वाहुन परिवारमा जन्मनुभएको हो भने तनहुँ पुर्कोटका मेरा मावली भण्डारीहरु पूर्वेली वाहुन हुन् । परम्परागत हिन्दू जातिप्रथामा कुमाइँ र पूर्वेली वाहुनहरुको विहेवारी चल्दैनथ्यो भन्ने हाम्रा पत्रकार मित्रलाई थाहा हुनुपर्ने हो । आजकल अन्तरजातीय विवाह सामान्य भए पनि हाम्रा आमाहरुको पालामा त्यो अकल्पनीय कुरा हुन्थ्यो । त्यसैले यस्तो तथ्यहीन कुरा छापेर पत्रिकाले आफ्नै विश्वासनीयता गुमाएकोमा मलाई दुःख लागेको छ ।
त्यसो त केही समय पहिलेदेखि यो सरासर झुटो कुरा केही संचारमाध्यमहरुमा प्रायोजित ढंगले प्रचार गरिएको देख्दा यसको पछाडि कुनै निहित स्वार्थ रहेको सहज अनुमान गर्न सकिन्छ । नेपाल लगायतका विभिन्न संचारमाध्यमहरुमा छापिएको यो तथ्यहीन कुरालाई इ-मेल मार्फत् पनि गत हप्तभरि प्रसारित गरिएको देखिएवाट पनि ‘दालमा कालो’ रहेको थप आभाष मिल्छ । कसैको आलोचना तथ्यमा आधारित भएर गर्दा मात्रै लोकतान्त्रिक मूल्यमान्यतालाई वल पुग्दछ । अन्यथा यस्तो दुष्प्रचार अभियानले प्रतिगमनलाई नै सघाउँदछ । यसवारे वेलैमा सचेत रहन सवैसंग विनम्र आग्रह गर्दछु ।
२०६५ पुष ३ - बाबुराम भट्टराई
२० पुष २०६५ नेपाल साप्ताहिकमा प्रकाशित
Indian dalal haru ko patrika le aru k nai lekhna sakcha ra? Kantipur bata ta Nepali harule chadi sake…..
सम्पादक ज्यू
तपाइको बिचारहरु सुन्दा नेपालमा क्रान्ती गर्न बाकी नै छ भन्ने भान हुन्छ । तपाइको फेसबुकको बारेमा एभिन्युज टिभीमा मा हेरेपछी र तफाइको अन्तरवार्ता एभिन्युजमा नै हेरेपछी तपाइको बारेमा जान सजिलो भएको थियो । २००९ को सुरवातमा नै नया वेभसाइट सञ्चालन गर्नुले पनि तपाइको बारेमा जान्न म लगायत अरुलाइ पनि सजिलो भएको छ भन्ने महसुस गरेको छु ।
त्यसको लागी हजुरलाइ धेरै धेरै धन्यवाद ।।।।। मैले पनि राजनीति, युवा चासो र समय सान्दर्भिक बिषयबस्तु समेटी ब्लग बनाएको छु । सल्लाह प्रतिक्रिया पठाउनको लागि अनुरोध छ ।
http://www.rabiupd.blogspot.com
It’s an example of yellow journalism!!!
Mr. Bhattarai,
Please start a blog on nepal’s economy. This should be the only plan of action for your government. I am sure you can have some very good ideas which you can capitalize to make Nepal an example, of a quick economic reform. You canNOT run a country’s government if you have no money being generated at the local level, this is the key point. Why don’t nepalese leaders feel bad to beg for running their government when there are ample opportunities in order to generate revenues on our own? We are so unfortunate that even intellectual person/leader like you couldn’t bring any economic reform policy. National planning commission and your other development plans seem a total waste of time and they will not help the nation to get a total transformation at all. Nepal can have a way higher GDP growth if we act now, with a good road map for economic reform. I am sure 3 years is more than what we need to prove the world.
Sinoy Sharma - MBA
USA
यो धेरै राम्रो गर्नु भयो, जनतालाई भ्रममा पार्ने समाचारको खंडन हुनै पर्छ । अनी मात्रै जनताले थाहा पाउछन् , तर झुटा समाचार लेख्नेलाई कारबाही हुने कानुन नबने सम्म प्रेस स्वतन्त्रता को नाममा पित पत्रकारिता यसरी नै चलीरहन्छ ।
- टिका राम गौतम “उत्सुक” ल्वाङ घलेल कास्की
मन्त्री ज्यु नमस्ते,
तपाईंको सम्पादकलाई चिट्ठी भन्ने सिर्शकको लेख पढ्न पाइयो र दु:ख पनि लाग्यो। तर एउटा उखान पनि छ कि भन्नेको मुख थुन्न सकिदैन! मेरो दृष्टिमा लोक्तान्त्रिक मुल्य र मन्यतलाई नमान्ने, रज्येसन्चालनको लागि उपयुक्त नियम कनुन र तेस्को पलना कुनै पनि क्षेत्रबाट नहुनु हो भन्ने कुराको ज्वलन्त उदाहरण हो भन्ने मलाई लाग्छ। एस्मा प्रेससम्बन्धी कनुन, नागरिकहक मान्हानी जस्ता कानुनहरुको समन्वय देखिदैन । तेस्सो भएकोले पनि एसोहुन गएको होला भन्ने मेरो धारणा छ । तेसो त नेपाली प्रेसजगत धेरै हद सम्म अरजक छ । हाम्रो राष्ट्रिय स्वार्थ केहो भन्ने कुरा राज्येले नागरिकलाई बोध नगराउनु र नागरिकहरुले पनि आफ्नो राष्ट्रिय स्वार्थ बिर्सेंर ब्यक्तिगत स्वार्थमा दु:खको कुराहो। कुनै पनि देश ब्यक्तिगत स्वार्थले बन्दैन एदी बन्छ भने राष्ट्रियस्वार्थले मात्र। धन्यवाद!
प्रेम शेर्बुजा
पत्रकारीताको स्वतन्त्रता पत्रकारहरुको हक हो प्रेस स्वतन्त्रता जनता शुसुचित हुन पाउने अधिकार हो । यसो भन्दैमा लोकतन्त्रको मुल्य र मान्यता विपरीत पीत पत्रकारीता गर्नु या नुनको सोझो गर्नु स्वतन्त्र पत्रकारीताको मान्यता होइन यो त अपराध हो । कसैको अप्रमाणित कुराहरुले वनावटी चरीत्रहत्या गर्नु कानुन सम्मत छैन त्यसैले नेपालमा देखिएको स्वतन्त्रपत्रकारीताको खडेरीलाई जति सक्दो निष्पक्ष भएर आफ्नो पेसा अंगाले राम्रो हुन्छ नत्र भने स्रोत खुलाउनु पर्छ कस्को नुनको सोझो गर्दैछु भन्ने कुरा सवै पत्रकारहरुले ।
यो अभिव्याक्ति हस्तक्षेप होइन पत्रकारका लागि सुझाव हो ।
पारस लिम्वु
धनकुटा
Dr. Bhattarai lai hami kohi pani nepla ko leader sanga compare garna sakdainau. he is a God for Nepal
In fact, most of the nepali journalist are writing baseless news which ultimately reduces their credibility. So, dear journalist , be careful where u people are heading to.
The article is usefull for me. I’ll be coming back to your blog.