• गृह पृष्ठ
  • जीवनी
  • अन्तवार्ता
  • लेख-रचना
  • तस्वीरहरू
  • सम्पर्क

समाचार

क्षेत्रीय सम्मेलनमा भाग लिन संयोजक भट्टराई इन्डोनेशिया जानुहुँदै

२१ फागुन २०७४
  •  share
  •  share

‘एशियामा मानवीय पहुँच र वार्ता’ (ह्युमेनिटेरियन एक्सेस एण्ड नेगोसियसन इन एशिया) विषयमा इन्डोनेशियाको जकार्तामा हुन लागेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आज त्यसतर्फ जाँदै हुनुहुन्छ । संयोजक भट्टराईले फागुन २४ गते ‘मानवीय वार्तामा सरकार र सुरक्षाबलको दृष्टिकोण’ (गभरमेन्ट एण्ड सेक्युरिटी फोर्स पर्सपेक्टिभ्स अन ह्युमेनिटेरिएन नेगोसियसन) विषयमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सम्मेलन फागुन २४ र २५ दुई दिन चल्नेछ ।

सम्मेलनका सहआयोजकहरु द इन्टरनेशनल कमिटी अफ द रेडक्रस (आइसीआरसी), द सेन्टर अफ कम्पेटेन्स अन ह्युमेनिटेरिएन नेगोसियसन (सीसीएचएन), ह्युमेनिटेरिएन फोरम इन्डोनेशिया र पारामाडिना ग्रयाजुएट स्कुल अफ डिप्लोमेसी हुन् ।

संयोजक भट्टराई फागुन २६ गते मलेसिया जानुहुनेछ । त्यहाँ उहाँले मलेसियाको विकाससम्बन्धी केही अध्ययन भ्रमण गर्नुहुनेछ र त्यहाँका नेपालीहरुसँग अन्तरक्रिया पनि गर्नुहुनेछ ।

उहाँ फागुन २७ गते साँझ काठमाडौं आइपुग्नुहुनेछ ।

  • जीवनी
  • समाचार
  • दस्तावेज
  • कार्यक्रम
  • मन्तव्य
  • अरुको आँखामा
  • जिज्ञासा/सुझाब
  • सम्पर्क